|

यातायात मजदुर संघका केन्द्रिय सदस्यमा गुल्मीका केसी चयन

प्रेम सुनार,गुल्मी, फागुन ३ - नेपाल यातयात मजदुर संघको ५ औं अधिबेशनबाट गुल्मीका रामु के.सी. लुम्विनी अञ्चलबाट केन्द्रिय सदस्य चयन भएका छन् । गुल्मीको मुसिकोट घर भई हाल हस्तीचौर १ उपल्लो फााट बसोबास गर्ने के.सी. आज सुनसरीको ईटहरीमा सम्पन्न अधिबेशनवाट केन्द्रिय सदस्यमा चयन भएका हुन् । अधिवेसनसले विराटनगरका अजय कुमार राईको अध्यक्षतामा ४० सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा वुटवलका दिर्गवहादुर केसी(कुमार), महिला उपाध्यक्षमा सत्यदेवि तिमल्सिना, झापाका वुद्ध तिवारी, सुर्खेतका गोपाल गिरी र पाल्पाका चन्द्र ढकाल पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

महासविचमा झापाका धर्मराज भण्डारी, उपमहासविचहरुमा काभ्रेका नुनराज पन्त र कमलकुमार राई, कोषाध्यक्ष सुमन लामा, सहकोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतका सदस्य रहेको केन्द्रिय सदस्य रामु केसीले जानकारी दिनभयो ।अधिवेसनले यातायात व्यवासयलाई मर्यादित वनाउादै सामाजिक सुरक्षालाई लागु गर्ने लगायतका निर्णयहरु गरिएको नवनिर्वाचित अध्यक्ष अजयकुमार राईले वताउनुभयो । नेपाली कांग्रेस निकट रहेको यातायात मजदुर संघले संविधानसभाको निर्वाचनमा प्रजातान्त्रिक पक्षधरलाई विजय वनाउन लागी पर्ने निर्णय समेत गर्रिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 6:52 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यातायात मजदुर संघका केन्द्रिय सदस्यमा गुल्मीका केसी चयन"

Leave a reply