मोतीपूर खानेपानी उपभोक्ता संस्थाको चौथो साधारण सभा सम्पन्न
फर्साटिकर, फागुन २६-खाने पानी सब डिभिजन योगिकुटी रुपन्देहीका इन्जिनियर देवी प्रसाद पाठकले आगामी बैशाख भित्रमा सौ फर्साटिकर गा.वि.स.का अधिकांश वडाहरुमा खाने पानी वितरण भैसक्ने बताउनु भएको छ । अरु विभागमा भन्दा खाने पानी तर्फ राज्यले कम लगानी गर्ने प्रवृत्तिले गर्दा खाने पानी वितरणका योजनाहरु पूरा गर्न धेरै समय लागेको कुरा सौ फर्साटिकर स्थित खाने पानी उपभोक्त्ता तथा सरसफाई संस्थाको चौथो साधारण सभाको उद्घाटनको अवसरमा बताउनु भयो । सौ फर्साटिकर गा.वि.स.का अध्यक्ष तथा सचीव सालिक राम पाण्डेले चैत मसान्त भित्र सौ फर्साटिकर गा.वि.स.लाई खुला दिशा मुक्त क्षेत्र घोषण गर्ने कार्यक्रम रहेको हँदा यस कार्यक्रमलाई सफल पार्न सम्पूर्ण क्षेत्रबाट सक्रिय रुपमा सहयोग हुनु पर्नेमा विशेष जोड दिनुभयो ।
कार्यक्रममा मोतीपूर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भिम प्रसाद न्यौपाने, राजनैतिक दलको तर्फबाट नेकपा एमालेका सौ फर्साटिकर गाउँ कमिटी अध्यक्ष नवलराज भट्टराइ, संस्थाको सल्लाहकारको तर्फबाट फर्साटिकर यज्ञोदय बहुमुखी क्याम्पसका अध्यक्ष सोमनाथ शर्मा, संघ संस्थाको तर्फबाट सौ फर्साटिकर ब्यापार संघका अध्यक्ष दामोदर पङगेनी, सौ फर्साटिकर आमा समूहकी अध्यक्ष राजेश्वरी सिंह लगायतले बोल्नु भएको थियो । साधरण सभाले आ.व. २०६८÷६९ को लागि रु १६ लाख एघार हजार दुई सय बयालीस रुपौया पैसठ्ठी पैसा बरावरको आय व्यय पारित गरेको छ ।
संस्थाको अध्यक्ष ओम बहादुर फौदारको अध्यक्षता, संस्थाका उपादक्ष्य शेर बहादुर काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका कार्यालय सहायक सञ्जु चापगाइले गरेकी थिइन् ।