एक भारतीय नागरिक नुहाउने क्रममा गण्डक नहरमा बेपत्ता
नवलपरासी,,फागुन २६ - मेला भर्न आएका एक भारतीय नागरिक नुहाउने क्रममा नवलपरासी स्थित गण्डक नहरमा हराएका छन् । त्रिवेणी नजिकै विगत एक हप्तादेखि चलेको मदारमेलाबाट मेला भरेर फर्कने क्रममा महलवारी स्थित मुख्य गण्डक पश्चिमी नहरमा नुहाउदा हराएका हुन् ।
भारत विहार गोपालगञ्ज जिल्ला सेमरा थाना निवासी २२ वर्षे जफी अहमद मुसलमान रहकेका ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । विहान करीब १० बजेको समयमा नुहाईरहेको अवस्थामा हराएका मुसलमानको गडण्क नहरको पानी बन्द गरी खोजी कार्य गरिएको प्रहरी निरीक्षक डम्बर गुरुंगले जनाएका हुन् ।
१० दिन लामो चल्ने नवलपरासीको मदारमेलामा यस घटना सहित भएको ठुलो दुर्घटनाको संख्या ३ पुगेको छ । मेला भर्न जाने क्रममा पुर्व राज्यमन्त्री करिमा बेगमको गाडी दुर्घटना, मदारबाबा पहाडको भीरबाट लडेर एक भारतीय युवकको ज्यान गएको छ । प्रहरीले यसै मेलामा भारतीय नक्कली नोट सहित ४ जना भारतीय युवकलाई पक्रेको छ ।