२ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द
ज्ञानु गौतम,दैलेख, माघ १० - विपक्षी दलले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशमा रोक लगाउन आज जिल्ला बन्द गराएका छन् । ७ विपक्षी दलले आज दिउासो २ बजेदेखि ४ बजे सम्मका लागि यातायात र दिनभर सदरमुकाम बन्द गरि प्रदर्शन गर्ने बताएका छन् ।
ठाउ ठाउामा रुख ढालेर सदरमुकाम आउने चारैतिरका नाका बन्द गराएका छन् । एमालेका जिल्ला अध्यक्ष अम्मरबहादुर थापाले प्रधानमन्त्रीले जबरजस्ती प्रवेश गर्न खाजे सयुक्त अवरोध गर्ने सीआईएनलाई जानकारी दिनुभयो । त्यस्तै एकीकृत नेकपा माओवादीले पनि विपक्षीको आन्दोलनलाई मध्यनजर गरि कार्यकर्ता जिल्ला पुऱ्याएको छ । छिमेकी जिल्लाबाट समेत नेताहरुको सुरक्षाका लागि भन्दै सयौ कार्यकर्ता दैलेख पुगेको एकीकृत माओवादीले जनाएको छ । जिल्ला सम्मेलन उद्घाटनका लागि आजप्रधानमन्त्री भट्टराईका साथै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , उपप्रधानमन्त्री एवं उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु दैलेख पुग्ने कार्यक्रम रहेको छ । दुईपक्षबीच झडप हुनसक्ने भन्दै स्थानिय प्रशासनले पनि सुरक्षा कडा पारेको छ । सुर्खेतबाट समेत प्रहरीको टोली सुरक्षाका लागि दैलेख पुगेको छ ।
जिल्ला सम्मेलन विथोल्ने गरी विपक्षी दलहरुले मंगलबारदेखि दैलेख बन्दको घोषणा गरेपछि एकीकृत नेकपा माओवादीले आफ्ना नेताको सुरक्षाको लागि छिमेकी जिल्लाबाट कार्यकर्ता झिकाएको छ ।विपक्षी दलहरुले मंगलबार दिउसो २ बजेदेखि बुधबार साँझसम्म दैलेख बन्दको आह्वान र प्रचार प्रसार गरेपछि एमाओवादीले जिल्ला सम्मेलन सफल पार्न र नेताको सुरक्षाको लागि तयारी गर्नुपरेको जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक कर्ण बस्नेतले जानकारी दिनुभयो ।माओवादीले बिभिन्न जिल्लाबाट ११ वटा गाडीमा युवाहरु दैलेख ल्याएको छ ।
आफ्ना कार्यकर्ता जिल्ला सम्मेलन सफल पर्न आएकाले कसैसंग पनि जाइ नलाग्ने र आइलागेमा त्यसको जिम्मेवारी स्वयं आन्दोलनरत दलहरुले लिनुपर्ने बस्नेतले बताउनुभयो ।सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा। बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा पार्टीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार दैलेख आउने कार्यक्रम छ ।प्रधानमन्त्रीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तलाई कारवाही प्रक्रिया अघि नबढाउन दवाब दिएको भन्दै दैलेखका ६ वटा दलले प्रधानमन्त्रीलाई जिल्ला प्रवेश गर्न नदिन दैलेख वन्दको आवहान गरेका हुन् ।सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले दैलेखमा सुरक्षाका लागि थप ३ सयजना प्रहरी झिकाएको छ । आफुहरु जस्तोसुकै अवस्थामा पनि सुरक्षा दिन तयार रहेको प्रहरी प्रमुख शारदाप्रसाद चौधरीले बताउनुभयो ।
