शान्ति सुरक्षा सृदृढ बनाउन सक्रिय : प्रहरी महानिरीक्षक राना
बिनोद परियार,बुटवल,माघ ४- प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले शान्ति सुरक्षा ब्यवस्थित र सुदृढ बनाउन कुनै कसर बाकी नराख्ने बताउनुभएको छ । नेपाल मगर संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै महानिरीक्षक रानाले शान्ति सुरक्षा चुस्त राख्न आफु प्रयत्नशिल रहेको बताउनुभयो ।मुलुक संक्रमणकालमा रहेकाले शान्ति सुरक्षामा चुनौती रहेको भएपनि समाज र नागगिरक सुरक्षाका लागि संयन्त्र परिचालन गरिएको बताउनुभयो । आफुले चुनौतीलाई अवसरको रुपमा लिएको बताउदै सबैको सहयोग रहेमा समाजलाई शान्त र भयरिहित बनाउन सकिने बताउनुभयो । महानिरीक्षक रानाले नेपाल प्रहरी बृहत्तर हितका निम्ती कटिबद्ध भएर लागि पर्ने बताउनुभयो । मगर संद्धले सम्मान गरेर आफुलाई थप जिम्मेवारी बनाएको उहाको भनाई छ ।
संघका रुपन्देही अध्यक्ष दल बहादुर विरकट्टाले मगर संस्कार अनुसार महानिरीक्षक रानालाई फेटा लगाईदिएर र सम्मानपत्र प्रदान गरि सम्मान गर्नुभएको हो । साथै साही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा लघु जलविद्युतमा नया खोज अनुसन्धान गरेको भन्दै युवा बैज्ञानिक पुरस्कारद्धारा पुरस्कृत ईन्जिनियर देवान सिंह थापा र ईकु पार्टी जापानको आयोजनामा भएको राष्ट्रिय नृत्य प्रतियोगितामा प्रथम भएकी रुपन्देही रुद्रपुरकी तेरिया फौजा मगरलाई पनि सम्मान गरिएको छ । थापा र फौजालाई महानिरीक्षक रानाले सम्मानपत्र र लुम्बिनी अंकित मायाको चिन्हले सम्मानित गर्नुभएको हो । कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रिय सदस्य मिना थापा ,नेपाल आदिवासि जनजाती महासंघ रुपन्देही अध्यक्ष होम बहादुर गलामी,उपाध्यक्ष गिता सारु लगायले बोल्दै सम्मानित भएकाहरुलाई शुभकामना दिएका थिए । कार्यक्रममा प्रहरी प्रवत्ता केशव घिमिरे,पश्चिमाञ्चल प्रहरी प्रमुख रमेश शेखर ब्रज्रचार्यको पनि सहभागिता थियो ।
