|

छोरी बेच्ने वावुलाई ११ वर्ष जेल सजाय

सिन्धुपाल्चोक पुस २६ - जिल्ला अदालत सिन्धुपाल्चोकले छोरी बेचेको अभियोग लागेका वावुलाई वुधबार ११ वर्ष जेल सजाय तोकेको छ । दुवाचौर- ६ का वाबु लोकबहादुर घलेमाथि विवाहित छोरी १८ बर्षीय चौतारा आई (नाम परिबर्तन ) लाई ८ वर्ष अघि ८० हजारमा भारतमा बेचेको अभियोग लगाईएको थियो । जिल्ला न्यायाधिश अनन्तराज डुम्रेको एकल इजालसले घलेसँगै सोही गाविसका हर्कबहादुर तामाङलाई १० वर्ष कैद सुनाएको छ ।

०६२ मंसिरमा वावुकै सहयोगमा बेचिएपछि भारतमा यौन व्यवसायमा संलग्न हुन वाध्य ‘चौतारा आई’ ले ०६७ माघमा फर्केपछि उनलाई बेच्न वावुनै संलग्न भएको रहस्य खुलेको थियो । उनले ६२ वषिर्य वावुलगायत ६ जना विरुद्ध किटानी जाहे दिएकी थिईन् । अदालतका श्रेष्तेदार दशरथ पंगेनीका अनुसार सोही घटनामा पुपर्यक्षमा रहेका ईश्वर घले, रामकृष्ण घले र शिक्षक काजीमान तामाङलाई सफाई दिईएको छ । शिक्षक तामाङ गत भदौम पक्राउ परेका थिए । लालबहादुर, हर्कबहादुर, ईश्वर र रामकृष्ण ०६७ फागुनदेखि पुर्पक्षमा थिए । मानव बेचबिखन तथा ओसार-पसार विरुद्धको ऐन २०६४ को दफा १५ को उपदफा १ को खण्ड छ अनुसार दुवै अभियुक्तलाई १०-१० सजाय तोकिएको हो । उक्त ऐनमा बेचविखनमा संलग्नलाई ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । वावु घलेलाई सोही ऐनको दफा १५ को उपदफा ४ अनुसार १ वर्ष सजाय थपिएको हो । उपदफा ४ मा संरक्षक वा अभिभावक वा मुलुकी ऐनले तोकेको हाडनाता करणी भित्र पर्ने आफन्तले बेचबिखन गरेमा थप १० प्रतिशत सजाय हुने प्रावधान छ ।

चौराता माईती भएकी ती युवतीको श्रीमान्ले दोस्रो विवाह गरेपछि माईत वसेको मौका छोपेर बावु लोकवहादुरले राम्रो जागिर पाउने प्रलोभनमा छोरी बेचेका थिए । जागिर लगाईदिने भन्दै लालबहादुरले छोरीलाई शिक्षक काजीमानका छोरा दावा तामाङको जिम्मा लगाएका थिए । घटनाका मुख्य दोषी दावा फरार छन् । हर्कबहादुरसुगको सल्लाह र बावुको सहमतिमा दावाले चौतारा आईलाई भारत लगेको देखिएको छ । लोकबहादुरले बेचेको नभई राम्रो जागिर लागाई दिने आशमा चिनाजानका मान्छेलाई १० हजार लिएर छोरी पठाएको दावी गर्दै आएको  छ । युवती भारतबाट भागेर ०६७ मंसिरमा नेपाल आएकी थिईन् ।स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 7:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " छोरी बेच्ने वावुलाई ११ वर्ष जेल सजाय"

Leave a reply