मजदुरहरुको सुरक्षा र संरक्षणका लागि छुट्टै नीति निर्माण गर्नुपर्नेमा जोड
बुटवल ,४ पुस - निर्माण क्षेत्रमा कार्यरत मजदुर अगुवाहरुले मजदुरहरुको व्यवसायीक सुरक्षा र संरक्षणका लागि राज्यले छुट्टै खालको नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले व्यवसायीक एकता र संगठन विना मजदुरका हक अधिकार प्राप्त नहुने हुादा एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् । नेपाल निर्माण तथा संम्बद्ध श्रमिक संघ मंगलापुर इकाइ समिति रुपन्देहीको चौथो साधारण सभा तथा दोस्रो अधिवेसनमा बोल्ने मजदुर तथा मजदुर नेताहरुले राज्यले स्पष्ट नीति निर्माण नगर्दा मजदुरका समस्या मुलुकमा गणतन्त्र आउादा पनि जस्ताको तस्तै रहेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा बोल्दै निर्माण तथा सम्बद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेबी गुरुङ्गले मजदुरहरुको सामाजिक सुरक्षा पेशागत संरक्षणका लागि मजदुरहरुलाई राज्यले रासन कार्डको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मजदुरहरुको शक्ती भनेको संगठन भएकाले संगठनमै गोलबद्ध भएर अधिकार प्राप्तीका लागि राज्यलाई दबाब दिनुपर्ने बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले मजदुरहरुको व्यवसायीक र पेशागत सुरक्षा तथा संस्थागत सेवा सुविधाका लागि ट्रेड युनियन कांग्रेस लागि परेको बताउनुभयो ।
श्रमिक संघ मंगलापुर इकाई अध्यक्ष शुसिल कुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा श्रमिक संघ रुपन्देहीका उपाध्यक्ष विरवहादुर लामा, बुटवल इकाई अध्यक्ष सुर्यदेव दास, महिला उपाध्यक्ष खिनीसरा राना, मंगलापुर इकाईकी महिला उपाध्यक्ष चन्दा थारु, सदस्य राजेन्द्र श्रेष्ठ, यातायात मजदुर संघका क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद बेलबासे, पत्रकार खिमानन्द भटराई इन्जीनियर हृदयकान्त चौधरी लगायतले मजदुरहरुका समस्या र अधिकारका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा मंगलापुर इकाईका सचिव ताराबहादुर केशीले बार्षिक तथा रामप्रसाद सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबिच आजै सम्पन्न दोस्रो अधिवेसनले शुसिलकुमार घिमिरेको अध्यक्षतामा नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ मंगलापुर इकाईको नयाा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सहसराम चौधरी, महिला उपाध्यक्षमा चन्दा थारु, सचिवमा ताराबहादुर केशी, कोषाध्यक्षमा खगेश्वर पाठक, तथा सदस्यहरुमा गमवहादुर थापा, रामप्रसाद सापकोटा, उदयराज चौहान, राजेन्द्र श्रेष्ठ, इन्द्रराज चौधरी, र महिला सदस्यमा मिना थारु, चयन भएका छन् ।