सरकारले १७ बर्षपछि खुल्ला प्रतिष्पर्धाबाट स्थायी शिक्षक नियुक्ति गर्ने
काठमाण्डौं मंसिर २०- सरकारले १७ बर्षपछि खुल्ला प्रतिष्पर्धाबाट स्थायी शिक्षक नियुक्ति गर्ने भएको छ । हाल २५ हजार ६ सय ७४ शिक्षक दरबन्दी रिक्त छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षक सेवा नियमावलीलाई संशोधन गरेको छ र यसलाई शिक्षक सेवा आयोगलाई खुल्ला प्रतिष्पर्धाबाट शिक्षक नियुक्तिको बाटो खुलेको छ ।
शिक्षक सेवा आयोगका सहसचिव खगेन्द्र नेपालले भन्नुभयो-’संशोधित नियमावली राजपत्रमा प्रकाशित हुनुका साथै विज्ञापन आह्वानका लागि सार्वजनिक सूचना प्रकाशित गर्नेछौं ।
सरकारले २०५२ सालमा खुल्ला प्रतिष्पर्धाबाट शिक्षक नियुक्तिका लागि आयोग नखोलेको खबर गोरखापत्र दैनिकले छापेको छ । २०६१ सालमा आन्तरिक प्रतियोगिताबाट १२ हजार ९६ शिक्षक नियुक्ति गरिएको थियो । त्यसबेला बाँकी रहेका दरबन्दीमा खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति गरिने भनिएपनि शिक्ष र विद्यार्थीबीचको द्धन्द्धका कारण सो प्रक्रिया हालसम्म थन्किएको थियो ।
गत २०६३ बैशाख ११ गतेयता रिक्त भएका दरबन्दीमा मात्र शिक्षक नियुक्ति गरिनेछ । शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले भन्नुभयो ‘गत २०६३ बैशाख ११ गते अघि रिक्त भएका दरबन्दीमा नियुक्ति गर्न भने शिक्षा ऐन संशोधन हुनुपर्दछ ।’
स्रोत :कान्तिपुर