|

श्रीमानले खन्याए उम्लेको पानी श्रीमती र डेढ वर्षिय छोरा माथि

निमेन्द्र शाही,बाजुरा, पुस १ - बाजुरा सदरमुकाम मार्तडी गाविस ५ बाउली गाउँकी २५ वर्षिया पार्वती कुँवरलाई उहाँकै श्रीमान छिरिङ कुँवरले तातोपानी खन्याएका छन् ।श्रीमानलाई ‘रक्सी नखानुस्’ भनेर सम्झाउन खोज्दा उल्टै चुल्होमा उम्लदै गरेको तातोपानी खन्याएको पार्वतीले बताउनुभयो ।

तातोपानीले पोलेर घाइते भएकी पार्वती र डेढ वर्षिय छोरा आयुषको जिल्ला अस्पताल बाजुरामा उपचार भई रहेको छ । उपचारमा संलग्न चिकित्सक डा. हृदयविभु घिमिरेका अनुसार घाइते आमा छोराको ७ प्रतिशत शरीर जलेको छ ।

साँझपख घर आएका छिरिङले रक्सीले मातेर जथाभावी गर्न थालेपछि पार्वतीले  श्रीमानलाई रक्सी नखानुस भनेर सम्झाउन खोज्दा तातोपानीको पीडा सहनु परेको हो ।श्रीमती र छोराको जिऊमा तातोपानी खन्याउने छिरिङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाचार :उज्यालो  नेटवर्क

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "श्रीमानले खन्याए उम्लेको पानी श्रीमती र डेढ वर्षिय छोरा माथि "

  1. एस्ता मान्छे हरुलाई त लात्तले हानेर बारीको पातामा पुरयानु पर्ने हो अरु केहि गर्न नसकेर श्रीमती लाई कुट्नु भन्दा त झुन्डिएर मर्नु नि गास्से हरु कुकुरको झोल पिएर घरमा आतंक गर्ने लाई त मैले भए सिधा पोलिश थाना मा घुसारी दिन्थे !!

Leave a reply