गोर्खा ब्रुअरीको उत्पादन कार्ल्सवर्ग वियरमा लेदो !
काभ्रे, पुस ८ गोर्खा ब्रुअरीको उत्पादन कार्ल्सवर्ग वियरमा लेदो भेटिएको छ । महादेवस्थान ४ सिउडिननीटारमा रहेको आर एण्ड एस होटल तथा लज रिसोर्टमा विक्रीको लागि राखिएको वियरको एक बोतलमा लेदो भेटिएको हो ।होटलमा आएका एक जना ग्राहकले खान खोज्दा लेदो भेटिएको हो । ग्राहकले गुनासो गरेपछि होटल सञ्चालक रामकृष्ण सापकोटाले बनेपा स्थित विएस मार्केटिङ बनेपाका म्यानेजर सुशिल राजवंशीलाई खवर गर्नुभएको थियो ।
“ग्राहकको स्वास्थमा खेलबाड हुने भएकाले डिलरकोमा गुनासो गरेँ, सापकोटाले भन्नुभयो “तर प्रतिबोतल एक हजार दिन्छु, सार्वजनिक नगर्नु भनेको थियो तर मैले यस्तो गरिन् ।”
बोतलमा २०१३ डिसेम्वर १५ सम्म प्रयोग गर्न उपयुक्त भनेर लेखिएको छ । स्थानीय प्रयोगकर्ता लोकबहादुर सापकोटाले यस्तो घटनाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने बताउनुभयो । “यो वियर नियमित सेवन गर्ने गरेको थिँए, यो घटनाले गम्भीर बनायो । ” उहाँले भन्नुभयो ।
होटलमा आइपुगेका काठमाडौंका कृष्णबहादुर बस्नेतले यस्ता घटनाहरु दोहोरिरहेकाले सरकारले दोषीलाई कारवाही गर्न सक्नुपर्ने बताउनुभयो । “यो उपभोक्ता स्वस्थ्य माथिको गम्भीर खेलवाड हो ।” उहाँले भन्नुभयो । स्रोत : उज्यालो नेटवर्क