ब्राजिलमा नेपाली राजदूतको स्थानीय युवतीसँग रमिता
काठमाण्डौं मंसिर २७ - नेपाली राजदूतका रुपमा ब्राजिलका पुगेका प्रद्युम्नबिक्रम शाह युवतीको अंगालोमा सार्वजनिक हुन थालेका छन् । सरकारी सुविधाको गाडीमा उनी स्थानीय युवतीसँग कहिले अर्धनग्न समुन्द्र किनारमा पुग्छन्, कहिले उनैसँग मदिरा पिउन रेन्टुरेन्ट धाउँछन् ।
राजदूत शाह ब्राजिलियन कानुन व्यवसायी लु जारेट्टीसँग लहसिन थालेको एक बर्ष भएको छ । ती कानुन व्यवसायी युवती नांगै हिँड्न पाउनुपर्छ भन्ने अभियानकी अगुवा हुन् ।
शाह र जरेट्टीको सम्बन्ध फेसबुकमार्फत पनि सार्वजनिक भएको छ । जारेट्टीको प्रोफाइलमा उनी र राजदूत शाह अँगालोमा बेरिएको, सँगै मदिरा पिएको र गल्फ खेलेको बेला खिचिएका कयौँ फोटा छन् ।
एक तस्विरमा हाल कुवेतका लागि नेपालीस् राजदूत मधुवन पौडेलको कमेन्ट रोचक छ । ‘वाओ हाउ इनभियनस’ -बाफ्रे कति इष्यालाग्दो ?’
अहिले राजदूतलाई कारबाही गर्ने वा सचेत पार्ने भन्ने विषयमा परराष्ट्रमा कुराकानी भइरहेको छ । ‘राजदूत शाह युवतीसँग आजकल धेरै समय लहसिने गरेको जानकारी छ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘फेसबुकमार्फत सर्वाजनिक तस्विरले त्यसको पुष्टि गरेको छ ।’
स्रोत ऑनलाइन खबर