|

मदिराको झोकमा आफ्नै घाँटीमा बन्दुक हानेर आत्महत्या

कञ्चपुर, पुस ११ - विकट दक्षिणी क्षेत्र परासन गाविस ६ का वीरेन्द्र बिष्टले आफ्नै घाँटीमा बन्दुक हानेर आज आत्महत्या गरेका छन्। भारतीय सीमा नजिकैको दुधुवा नेसनल पार्क नजिकै रहेको खेतमा रखबारी गरेर फर्केका विष्टले घरमा पुगेर घरमा राखिएको भरुवा बन्दुकको नाल घाँटीमा लगाई खुट्टाको औंलाले घोडा दबाएर बन्दुक पड्काई आत्महत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नृप शाहले बताए ।

घरको भान्छामा रहेकी छोरीलाई 'यसरी बन्दुक पडकाएर मर्छु' भन्दै बन्दुक पड्काएर बिष्टले आत्महत्या गरेको प्रहरी निरीक्षक शाहले बताए । बन्दुक पड्केपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। सधैं मदिरा पिएर विष्टले गाउँमा झैझगडा गर्ने भएकाले मदिराकै झोकमा बन्दुक पड्काएर आत्महत्या गरेको हुन सक्ने जनाइएको छ।

विष्टको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ। मृतक विष्ट बाबुका एक्ला छोरा रहेको बताइएको छ। राससस्रोत : नागरिक

Posted by Butwalonline on 6:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मदिराको झोकमा आफ्नै घाँटीमा बन्दुक हानेर आत्महत्या"

Leave a reply