|

भरतीय सीमा क्षेत्रमा ब्रोडगेज लिक निर्माण सुबिधा संपन्न रेल सेवाको शूरुवात

किरणमान बज्राचार्य,कपिलवस्तु, ४ पुस-भारतीय सीमा क्षेत्र बढनीमा नमुना ब्रोर्ड गेज ट्रेन सेवा शुरु भएको छ । भारतको पुर्वोत्तर रेलवे बिभागले सो सेवा अन्र्तगत बढनी– आनन्दनगरको ७१ किलोमिटर लामो रेलको स्त्तोरोन्ती गरे पछि सो सेवाको  शुभारम्भ गरिएको हो ।  सो सेवा शरु भएसंंगै अब बढनीको भारतको ठुला शहरसंग सिधा जोडिएको छ । नेपालको मध्य पश्चिमका नागरिक आबतजाबत गर्ने प्रमुख गन्तब्यका रुपमा रहेको सीमा क्षेत्रको बढनी ब्रोर्ड गेज ट्रेनको लिकबाट जोडिए पछि भारतको जुनसुकै शहरमा आउ जाउ गर्न सजिलो भएको हो ।

मंगलवार एक भब्य समारोहका बिच भारतीय रेल मन्त्री पवन बंशलले समारहोह स्थल बाटै बटन चलाए लगत्तै सो रेलको शुरुवात भएको थियो । सो अवसरमा मन्त्री बंशलले महत्वकांक्षी योजना अन्र्तत निर्माण भएको रेल सेवालाई थप सुबिधा संपन्न बनाउने बताउनु भएको थियो । कार्यक्रममा सहभागी हुन गएर हजारौ नेपालीहरु तर्फ ईगीत गर्दै उहाले यो सेवाले नेपालीहरुसंग अझ प्रगढ सम्बन्ध स्थापित हुने बिश्वास ब्यक्त गुर्न भयो । सो अवसरमा सीमा वर्ती क्षेत्र कृषण्नगर तथा त्यस आसपासबाट हजारौ नेपालीहरु नेपाली झण्डा, पंचे बाजा गाजा सहीत सहभागी भएका थिए । त्यस्तै सभाष्सहरु दीप करमार उपाध्यय, बृजशे कुमार गुप्ता र अभिेषक प्रता प्रताप शाह समेत समारोहमा उपस्थित हनु हुन्थ्यो ।

एक सय ९० करोको लगतमा निर्माण गएिको सो सेवाको शुरुवातसंगै ब्यपारीहरुले माल निर्यात र आयातमा सजिलो भएको बताउनु भयो । बिरगंज, बिराटनगर र नेपालगंज भन्दा पनि यो रुटबाट आफुहरुलाई माल ल्याउन र लैजान सजिलो हुने उहाहरुको भनाई छ । गोरखपुर– बढनी आउ जाउ गर्नका लागि कुल ६ वटा सुबिधा संपन्न ट्रेन चल्ने छ भने । यात्रुहरुको सुबधिालाई मध्यनजर गर्दै बढनी– गोरखपुर एवं नौतनवा जाने आउने यात्रीका लागि बिहान र सााझ मालबाहक रेलको सुबिधासमेत संचालन गरिएको पुवोत्तर रेलवेका मेनेजिङ डाईरेक्टर राम चन्दरनले बताउनु भयो । अब सीमा क्षेत्रको कपिलवस्तु नाका अन्तर्गत कृष्णनगरबाट सय मिटरकै दुरीमा रहेको बढनी रेल्बे स्टेशनमै भारतको जुनसुकै ठाउ जान टिकट पाईने भएको छ । यस अघि यहा रहेको छोटो लिकको सानो दुरीको ट्रेनमा आबत जाबत गरि ठुलो लिकमा चल्ने ट्रेन सम्म पुग्नु पर्दथ्यो । पुर्बका यो ब्रोर्ड गेज ट्रेनको लिकको निर्माण भए लगत्तै बढनीको संपर्क गोरखपुर सम्म सिधा जोडिएको हो । ब्रोर्ड गेज लिकको काम पुरा भए पछि आनन्दनगर–बढनी रुटमा ठूलो ट्रेनको इञ्जन परिक्षण संचालन गरिएको थियो । भारतको बढनी ब्यापार संघ अध्यक्ष रामेश्वर कान्दु र मारबाडी युबा मंचका उत्तर प्रदेश संयोजक बिजय वंशलले अब बढनी र कृष्णनगरको बिकासलाई कसैल रोक्न नसक्ने बताउनु भयो ।

यस अघि आनन्दनगर–गोरखपुर ४५ किमी सडक खण्डमा ब्रोर्ड गेज ट्रेनको लिक निर्माण भईसकेको थियो । नेपालीहरुको आबतजाबत गर्ने प्रमुख गन्तब्यका रुपमा रहेको बढनीबाटै अब कलकत्ता, दिल्ली र मुम्बई लगायतका ठुला शहरमा सिधै आबतजाबत गर्न सकिने सीमा क्षेत्र भारतीय संचारकर्मी अजय गुप्ताले बताए । यस अघि ठुलो ट्रेनको टिकटका लागि गोरखपुर जानु पर्ने समस्या हुन्थ्यो अब त्यो पनि समाधान भएको उनले बताए । यता बढनीबाट पश्चिम एक सय ७ किमीमा रहेको गोण्डा रेल्वे स्टेशनसंग पनि संपर्क जोडिन ब्रोर्ड गेज ट्रेनको लिकको निर्माण कार्य भई रहेको छ । यो लिक जोडिए पछि अझ सजिलो हुने छ ।

नेपालको मध्य पश्चिमका दाङ प्युठान, रुकुम र रोल्पा र पश्चिमका कपिलवस्तु, अर्घाखाची, रुपन्देही, गुल्मी, पाल्पा, बागलुङ र स्याडजा सम्मका सर्बसाधारणहरु बढनी–कृष्णनगरको बाटो आबतजाबत गर्ने गर्दछन् । कृष्णनगर सम्म काठमाडौं, काकरभित्ता, बुटबल, प्युठान, नेपालगंज, दाङ   तुल्सीपुरबाट सिधा बस सेबा हुदा पनि सर्बसाधारणलाई भारत आबतजाबत गर्न सजलो भएको छ ।

सो स्टेशनको प्लेटफर्म र सिग्नल सिस्टम समेत सुबिधा संपन्न बनाईएको छ भने पहिलेको म्यानुअल सिस्टम सिग्नललाई हटाएर अब डिजिटल सिस्टम बनाउन लागिएको छ । ठुलो लिकको ट्रेन आबतजाबत भए पछि नेपालको पनि ब्यापार ब्यवसाय बढने हुदा यस्ले नेपाली ब्यापारीलाई फाईदा पुग्ने कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र गोयलले बताउनु भयो । नेपालको बढी कारोबार हुने १० ठुला भन्सार नाका मध्ये कृष्ष्णनगर पनि एक हो भने कृष्णनगरबाट रलवे स्टेशनको दुरी सय मिटर भन्दा कम रहेको छ ।

फोटो बिवरण : भारतीय सीमवर्ती क्षेत्रमा नमुना रेलवे संचालन पछि बढनीबाट मंगलवार गोरखपुर तर्फ जान लागको सुबधिा संपन्न ट्रेन ।
तस्बिर : किरणमान बज्राचार्य

Posted by Butwalonline on 7:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " भरतीय सीमा क्षेत्रमा ब्रोडगेज लिक निर्माण सुबिधा संपन्न रेल सेवाको शूरुवात"

Leave a reply