गज़ल
ईशारा छ खाली तर बोल्दिनन उनि |गुम्सिएका सबै कुरा खोल्दिनन उनि||
फकाउछु फुलाउछु तर पनि पटक्कै |
जवानीको बैंश रापले पोल्दिनन उनि||
तल्ला घरे भुन्टी,च्यान्टे पनि जुटे |
मेरो मनको चाहना घोल्दिनन उनि||
घरजम बसाउने चाहना छ अनौठो |
गरूँ म के?जोखिम मोल्दिनन उनि||
ईशारा छ खाली तर बोल्दिनन उनि |
गुम्सिएका सबै कुरा खोल्दिनन उनि||
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
{हाल:क्षितिजपारी बाट}