युएई गैरकानुनी रुपमा (भागेर) कार्यरत श्रमिकको लागी सुबर्ण अबसर
निमकान्त पाण्डे दुवई 14 नोभेम्बर । युएईको इन्टेरीएर मन्त्रालयले गैरकानुनी रुपमा युएईमा भित्र इलिगल रुपमा बस्दै आइरहेका अथवा भागेर कामगर्दै आई रहेकका बिदेशीहरुलाई जरिबाना शुल्क नलिने गरी मौकाको रुपमा लिई देश छोड्न दुई महिनाको समय घोषणा गरेको छ | मेजर जनरल नासर अल अल्वादी मिन्हाली "नेचुरलैजेसन, रेजिड़ेंसी तथा पोर्ट्स अफेर्स, इन्टेरीएर मन्त्रालयका असिस्टेन्ट अन्डर सेक्रेटरीका अनुसार एम्नेस्टी अबधि डिसेम्बर ४ देखि फेब्रुअरी ३ सम्म दुई महिना हुनेछ । मिन्हालीका अनुसार युएईमा गैरकानुनी रुपमा रहेकाहरुलाई दुई शिफ्टमा आउट पास र अन्य आबश्यक कागजहरु उपलब्ध गराइनुका साथै जरिबाना शुल्क तिर्नेहरुले भिजा नियमित पनि गर्न सक्ने बताएका छन ।
एम्नेस्टी केन्द्रहरु छिट्टै सार्बजनिक गर्ने बताउदै सम्पूर्णलाई यो अवसर उपयोग गर्न र सम्बन्धित जानकारी लिनको लागि ८००५१११ टोल फ्री नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ भने एम्नेस्टी अबधि उपयोग नगर्ने र सो अबधि सकिएपछि गैर कानुनी रुपमा भेटिएमा कडा कानुनी कारबाही गरिने बताइएको छ । ो सुचना १४ नोवेम्बर २०१२ बुधबार "http://www.emirates247.com/ " मा पनि प्रकाशित गरिएको छ । युएईले घोसणा गरेको यस अवसरलाई सदुपयोग गर्दै नेपालीहरुले पनि मौकाको फाईदा उठाउने छन ।