|

ग्रामिण बिकास बैंक मर्जर गर्न समिति गठन

लक्ष्मण पोखरेल,बुटवल । मुलुकमा ५ बिकास क्ष्ँेत्रमा स्थापित ५ वटा ग्रामीण विकास बैंकहरु मर्जर गर्नकालागि १० सदस्यीय मर्जर समिति गठन गरेको छ । बैंकहरुलाइ एक आपसमा  गाभि घ बर्गको ग्रामीण बैंक  बनाउनका लागि नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा पश्चिमाञ्चल ग्रामिण विकास बैंक संचालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा १० सदस्यीय मर्जर समितिको गठन गरिएको हो । समितिले सैद्धान्तिक सहमतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन समेत पेश गरिसकेको छ ।

विपन्न वर्गमा गुणस्तरीय सेवा प्रदान गर्दै वित्तीयरुपमा स्वसक्षम र दिगो बनाई राख्नु पर्ने भएकोले विगतका वर्षहरु देखि नै विभिन्न कार्य योजना तथा रणनीति योजनाहरु पश्मिाञ्तल ग्रामिण विकास बैंकले लागु गर्दै आएको छ । बैंकलाई राष्ट्रिय स्तरको लघु वित्त बैंकको रुपमा स्थापित गर्ने कार्ययोजना अनुरुप यसै आ.ब.को शुरुमा रु.३ करोड ४० लाख सर्वसाधारण मा शेयर जारी गरी  बैंकको चुक्ता पू“जी रु.१० करोड कायम भएको छ ।

शाखा तथा कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, लघुवित्त सेवा अन्तरगत प्रदान गर्न सकिने अन्य नया“ं नयां“  उपकरणहरुको पहिचान गर्ने तथा बैंकको बचत तथा कर्जा कार्यक्रमलाई टेवा दिन राष्ट्रिय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुको सहयोगबाट विपन्न्न महिला सदस्यहरुमा उद्यमशीलताको विकास गरी उनीहरुको आर्थिक सामाजिक स्तरमा सुधार गर्दै कर्जा सदुपयोग एवं ऋण भुक्तानी क्षमता अभिवृद्धि गर्ने रणनीतिका साथ कार्यक्रम लागु गर्ने र आगामी आ.व.मा बैंकलाई वित्तीय रुपमा अझै सक्षम बनाउन निस्क्रिय कर्जाको अंशलाई न्युनिकरण गर्ने रणनीति बैंकले लिएको छ । त्यसैगरी ग्रामीण महिलाको आर्थिक सामाजिक स्थितिमा अभिवृद्धि गरी दीगो रुपमा स्वसक्षम वनाउने, विगत वर्षदेखि शेयरधनीहरुलाई वितरण गर्न नसकिएको लाभाशं रकम समेत आगामी वर्ष वितरण गर्ने योजना रहेको छ ।

२०५१ साल चैत्र २८ गते रुपन्देही जिल्लाको बुटवल नगरपालिकामा प्रधान कार्यालय रहने गरी खुलेकोे पश्चिमाञ्चल ग्रामीण विकास बैंक लि.ले हाल आफ्नो स्थापनाको १७ वर्ष सफलतापूर्वक पुरा गरी अठारौंैं वर्षमा प्रवेश गरेको छ । वि.सं.२०५२ साल आषाढ ३० गते कपिलवस्तुको गोरुसिङ्गे शाखा मार्फत  प्रथम कर्जा लगानी गरेको यस बैंकको कार्यक्षेत्र  पश्चिमाञ्चल विकास अन्तर्गतका १६ जिल्ला रहेको र यस बैंकले हाल सम्म प्रधान कार्यालय १ समेत गरी जम्मा ५० कार्यालयहरु मार्फत १४ जिल्लाहरुमा कार्यक्रम विस्तार गरिरहेको छ ।

ग्रामीण विपन्न वर्ग खास गरी महिलाहरुलाई लघुकर्जाको माध्यमबाट स्वरोजगारका अवसरहरु सृजना गरी उनीहरुको आर्थिक एवं सामाजिक अवस्थामा सुधार ल्याई गरिवी न्यूनिकरण गर्ने उद्देश्यले स्थापना भएको यस बैंकले आ.व. २०६९÷०७० को प्रथम त्रेमासिक अवधि सम्म पश्चिमाञ्चल क्षेत्रका कुल ३९४ गा.बि.समा आफनो कार्यक्ष्ँेत्र बिस्तार गरि १५१९ केन्द्र मार्फत ५७२९५ सदस्यहरुलाई समुहमा आवद्ध गराई कर्जा तथा बचत कार्यक्रममा समावेश गरेको छ । यस अवधि सम्म बैंकले आफना कार्यालय मार्फत कुल १० अरव २३ करोड ९४ लाख २३ हजार कर्जा प्रवाह गरि रु ९ अरब २३ करोड ६ लाख ४७ हजार कर्जा असुली गरि रु १ अरब ८७ लाख ७५ हजार लगानीमा रहिरहेको छ जसमध्य बैंकको रु १ करोड ६७ लाख ५६ हजार कर्जा अपलेखनमा गरिएको छ ।  निक्षेप तर्र्फ २०६९ आश्विन मसान्त सम्म २८ करोड ७१ लाख ७३ हजार कायम रहेको छ ।

Posted by Butwalonline on 8:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ग्रामिण बिकास बैंक मर्जर गर्न समिति गठन"

Leave a reply