गज़ल
दाल पनि गल्नेछैन दैव नलागुन्जेलकालको बश चल्नेछैन दैव नलागुन्जेल
जीवनमा खुसियाली,सुखसयल बाहेक
दु:खै दु:ख फल्नेछैन दैव नलागुन्जेल
थिचिहाल्ला जस्तोगरी पूरै चर्किएको
थोत्रो घर नि ढल्नेछैन दैव नलागुन्जेल
जहिले पनि वियोगले भतभती पोल्दै
प्यारो मुटु जल्नेछैन दैव नलागुन्जेल
बिपनामा मात्रै होइन सपनामा सम्म
फटाहाले छल्नेछैन दैव नलागुन्जेल
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका
28 November,2012


प्रियButwal Online
यो सद्भावना र स्नेहकोलागि हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l