स्वास्थ्य कार्यालयमा तालाबन्दि
मुक्तिप्रसाद न्यौपाने
मंसिर ७, पाल्पा
स्वास्थ्य सेवाको संयुक्त संघर्ष समिति पाल्पाले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा अनिश्चित तालाबन्दी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सेवा विभागले नियम संगत व्यवस्थित सरुवा गर्नुको सट्टा अनियमितता गरेको र स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनमा प्रहरी हस्तक्षेप गराई धरपकड् गर्ने र कुटपिट समेत गरेको भन्दै महानिर्देशकको राजिनामा माग गर्दै तालाबन्दि गरिएको हो । स्वास्थ्य सेवालाई व्यवस्थित, गुणस्तरिय र आमजनताको पहुँचमा पु¥याउनकालागि पटकपटकको वार्ताबाट सहमतिको प्रयास गरिएको र मंसिर ३ गतेको स्वास्थ्य सेवा विभागमा भएको धरपकटलाई लिएर तालाबन्दी गरिएको संयुक्त संघर्ष समिति पाल्पाका संयोजक यमबहादुर चिदीले बताए ।
पाल्पामा जिल्ला अस्पताल, नियमित खोप सेवा र डट्स सेवा निरन्तर चलिरहने भन्दै आन्दोलनलाई विभागले बेवास्ता गरेमा शुक्रबारबाट जिल्लाका सबै स्वास्थ्य संस्था बन्द गर्ने संयोजक चिदीले बताए । स्वास्थ्य सेवा विभागले गत कात्र्तिक ३० गते देशभरीका ५९७ जना स्वास्थयकर्मीहरुको सरुवा गरेको थियो ।
विभिन्न ट्रेड युनियन तथा पेशागत संगठनले देशैभरिका स्वास्थ्य कार्यालयहरुमा गरेको आन्दोलन अनुसार पाल्पामा पनि तालाबन्दि गरिएको बताइएको छ ।