|

मृत्युदण्डको सजाय सुनाईएका सुनारलाई बचाउन २ लाख सहयोग

बिनोद परियार
बुटवल,२५भदौ । दुवईमा मृत्युदण्डको सजाय सुनाईएका चित्रे–४ पर्वतका दुर्गाबहादुर सुनारको जीवनरक्षाका लागि रुपन्देहीमा दुई लाख २० हजार ८ सय ७६ रुपैया संकलन भएको छ । दुर्गा बहादुर सुनारलाई बचाऔं सहयोग समितिले बुटवल र भैरहवाबाट उक्त रकम संकलन गरेको हो ।
तीन वर्षअघि सामान्य कुटपीट हुँदा सुनसरीका गणेशहादुर बस्नेतको मृत्युभएपछि सुनारलाई त्यहाँको अदालतले मृत्युदण्ढको सजायँ सुनाएको थियो  । विकल्पमा मृतक बस्नेत परिवारलाई रगत वापत  (ब्लड मनी) बुझाउर्ने भएपछि रुपन्देहीमा सहयोग समिति गठन गरि आर्थिक संकलन गरिएको थियो ।

संकलित रकमलाई आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि बस्नेत परिवारलाई पठाईएको छ । सहयोग समितिका संयोजक एमबि विश्वकर्माले गरिब र दलित परिवारका सुनारलाई मृत्यूदण्डबाट जोगाउन संकलित रकमले सहयोग पुग्ने बताउनुभयो ।

उहाका अनुसार  बुटवलमा १ सय ३६ जनाबाट १ लाख ७८ हजार ९ सय ७६ र भैरहवामा ३६ जनाबाट ४१ हजार ९ सय रुपैयाँ संकलन भएको हो ।

।ब्लड मनिको पहिलो किस्ता स्वरुप भोली(मंगलबार) ६ लाख रुपैयाँ बुझाईने भएपछि सुनारको मृत्यूदण्ड नहुने पक्का भएको सहयोग समितिका अर्का सदस्य शिवजी गायकले बताउनुभयो । सुनार परिवारले बस्नेत परिवारलाई ब्लड मनि स्वरुप १० लाख रुपैया बुझाउनुपर्ने छ । नेपाल ब्यवसायि सुनचादी ब्यवसायि संघ,रेडियो जागरण,सुनचादी कालिगढ ट्रेड यूनियन र एसके समाजको पहलमा रुपन्देहीमा आर्थिक संकलन गरिएको थियो ।




Posted by Butwalonline on 5:34 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मृत्युदण्डको सजाय सुनाईएका सुनारलाई बचाउन २ लाख सहयोग"

Leave a reply