इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ८ देखि
पोखरा, २४ साउन।कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ८ देखि ११ औं कास्की जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
पोखरा रड्डशालास्थित ब्याडमिन्टन कोर्टमा भदौ १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता सम्पन्न गर्न कार्यसमिति सदस्य नीरबहादुर थापाको संयोजकत्वमा एक सय चार सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
जसअनुसार द्वितीय उपाध्यक्ष बलभद्र नकर्मीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, सजित भारीको संयोजकत्वमा प्रचार–प्रचार उपसमिति, सल्लाहकार रबिन्सन प्रजूको संयोजकत्वमा प्राविधिक उपसमिति, क्या. भूपालसिंह गुरुङको संयोजकत्वमा ब्यानर व्यवस्थापन उफसमिति, विशाल खड्काको संयोजकत्वमा खेल सञ्चालन उपसमिति गठन गरिएको छ।
यस्तै तृतीय उपाध्यक्ष रुद्र घलेको संयोजकत्वमा उद्घाटन तथा समापन व्यवस्थापन उपसमिति, आशिष शेरचनको संयोजकत्वमा स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति, प्रथम उपाध्यक्ष डम्बरसिंह गुरुङको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, श्रीमती प्रतिभा गुरुङको संयोजकत्वमा जलपान व्यवस्थापन उपसमिति, मनोज श्रेष्ठको संयोजकत्वमा पुरस्कार व्यवस्थापन उपसमिति, सुरेश श्रेष्ठको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको छ।
प्रतियोगितामा यु–१६ छात्रा एकल र युगल, यु–१६ छात्र एकल र युगल तथा यु–१२ छात्राछात्रा एकल विधा समावेश गरिएको मूल आयोजक समितिका संयोजक नीरबहादुर थापाले जानकारी दिए।
प्रेमनारायण न्यौपाने
सम्पर्क ९८४६०–४९४०८

Posted by Butwalonline
on 5:23 PM. Filed under
National News,
News,
Sport
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response