|

जग्गा सम्बन्धी विवादमा छिमकीको कुटेर हत्या

काठमाडौ, श्रावण १७ - सुनसरीको महेन्द्रनगर गाविस ७ बस्ने कालुराम चौधरीले जग्गा सम्बन्धी विवादमा बुधबार बिहान पौने ९ बजे आफ्नै छिमकी ७१ वर्षीय लक्ष्मीप्रसाद बरालको कुटेर हत्या गरेका छन् ।

दुई बीच लामो समयदेखि जग्गा सम्बन्धी विवाद रहेकोमा आज हातहालाहाल भएको प्रहरीले जनाएको छ । त्यही क्रममा चैधरीले बाँसको भाटा लगायतले कुटपिट गर्दा गम्भीर भएका बराललाई उपचारका लागि धराना लग्दै गर्दा बाटोमै मृत्यू भएके प्रहरी निरीक्षक खड्गप्रसाद पौडेलले जानकारी दिए । सत्तारुढ फोरम लोकतान्त्रिकका जिल्ला सह सचिव समेत रहेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 4:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जग्गा सम्बन्धी विवादमा छिमकीको कुटेर हत्या"

Leave a reply