जेल जानुअघि भ्रष्टाचारी ठहर खुमबहादुर खड्काले के भने(भिडियो)
काठमाडौं, भाद्र ६ । पूर्वमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्का आज जेल चलान भएका छन् सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको एकसातापछि खड्कालाई आज जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर ७५ लाख ७९ हजार २ सय ९६ रुपैया जरिवाना बुझाएपछि खड्कालाई सदरखोर डिल्लीबजार चलान गरिएको हो । सहयोगीहरुका साथ बबरमहलस्थित जिल्ला अदालत पुगेका खड्का जरिवाना बुझाएपछि प्रहरीको साथमा आफ्नै गाडीमा डिल्लीबजार कारागार पुगेका थिए ।
कारागार जानुअघि काठमाडौं जिल्ला अदालत परिसरमा संचारकर्मीसँग कुरा गर्दै खड्काले आपूलाई नियोजित रुपमा फसाइएको आरोप लगाए ।
अब खड्काले एक वर्ष २ महिना ९ दिन डिल्लीबजार कारागारमा जेल सजाय भोग्नु पर्नेछ । समयभित्रै आफै अदालतमा उपस्थित भएका कारण खड्काको कारागार सजायको अवधी र जरिवाना बीस प्रतिशत कम हुनेछ ।
समाचार इमेज च्यानल बाट