|

जिल्ला स्तरीय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगिताको तयारी पूरा


पोखरा, ७ भदौ। कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा यही भदौ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने ११ औं जिल्ला स्तरीय अन्तर मावि इन्द्रबहादुर गुरुङ स्मृति व्याडमिण्टन प्रतियोगिता तयारी पूरा भएको छ । प्रतियोगितामा कास्की जिल्लाभरिका १० कक्षासम्म अध्ययनरत छात्रछात्राले भाग लिन पाउने बिहीबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा यु– १२ जुनियर व्वाईज सि·, यु– १२ जुनियर गल्र्स सि·, सिनियर व्वाईज सि·ल (यु–१६), सिनियर गल्र्स सि·ल (यु–१६), सिनियर व्वाईज डब्वल (यु– १६) र सिनियर गल्र्स डबल (यु– १६) का खेल हुने सङ्घका प्रथम उपाध्यक्ष डम्मरसिंह गुरुङले जानकारी दिए।

पोखरा रंगशालस्थित ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने सो प्रतियोगितामा जिल्लाभरिका २१ वटा विद्यालयका जम्मा एक सय ५७ छात्रछात्राले भाग लिनेछन्। जसअनुसार छात्रको संख्या ९५ जना छात्राको संख्या ६२ जना रहेको छ । सिनियर व्वाईज डबलमा १३ टीम, सिनियर लेडिज डब्बल १४ टीम, अण्डर १२ व्वाइज सि·ल ३६ टीम, अण्डर १२ लेडिज सि·ल २२, सिनियर वाईज सि·ल ३४ टीम, सिनियर लेडिज सि·ल २० टीम गरी जम्मा एक सय ५३ वटा खेल हुने प्रचार–प्रसार संयोजक सजित भारीले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने प्रतियोगितामा करिब पााच हजार बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय पुरस्कार तथा प्रमाणपत्र दिइनेछ । यस प्रतियोगितामा बेस्ट ब्वाय यु–१६, बेस्ट गर्ल यु–१६ तथा उदीयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ भने सहभागी विद्यालयमध्ये अनुशासन, पोशाक र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने सङ्घका द्वितीय उपाध्यक्ष बलभद्र नकर्मीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न दुई लाख लागत लाग्ने छ । प्रतियोगिताको मुख्य प्रायोजक समाजसेवी मेख गुरुङ र डा. प्रिष्टिना गुरुङ रहेका छन् ।

११ आंै संस्करणसम्म आइपुग्दा कास्की जिल्ला व्याडमिण्टन सङ्घले सुस्मिता गुरु· (नेपाल दोस्रो), पुनम गुरुङ (नेपाल तेस्रो), भूगोल गुरुङ (नेपाल तेस्रो) मोहन नेपाली (नेपाल तेस्रो), अनुप गुरु·जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने प्रतिभावान खेलाडी उत्पादन गर्न सफल भएको सङ्घका अध्यक्ष खेम गुरुङले जानकारी दिए।

प्रतियोगिताको उद्घाटन  शुक्रबार बिहान ११ बजे नेपाल व्याडमिन्टन संघका केन्दीय अध्यक्ष एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशकुमार श्रेष्ठले गर्नेछन् भने समापन भदौ १२ गते दिउासो साढे एक बजे
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले गर्ने सङ्घका सहसचिव पुरन कुावरले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न कार्यसमिति सदस्य नीरबहादुर थापाको संयोजकत्वमा एक सय चार सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।


Posted by Butwalonline on 8:01 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जिल्ला स्तरीय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगिताको तयारी पूरा"

Leave a reply