|

घाँटी रेटी हत्या गरेर खाडलमा गाड्ने अभियुक्त लाई सर्वस्वसहित जन्मकैद

परासी, श्रावण १ - माकर ४ मा २०६८ माघ ७ गते स्थानीय दिपु भन्ने देवबहादुर श्रीसको घाँटी रेटी हत्या गरेर खाडलमा गाड्ने अभियोगमा थुनामा रहेका अभियुक्त मध्ये एक जनालाई सर्वस्वसहित जन्मकैद र त्यसैमध्ये तीन जनालाई जन्मकैदको फैसला गरिएको छ । असार १४ गते नै न्यायाधीश विनोद मोहनको इजलासले मुख्य अभियुक्त मनोज भन्ने होम बहादुर सुनारलाई सर्वस्वसहित कैद र अभियुक्त प्रकास सुनार, कमल भन्ने खगेन्द्र बहादुर क्षेत्री र राजु बुढामगरलाई जन्मकैद फैसला गरेको हो ।

सोही घटनाका फरार रहेका अभियुक्त मुकेश सार्की, राजु सुनार, अर्जन कार्की, देवबहादुर भन्ने देव थापा, राजेश श्रेष्ठ र कृष्ण रानाको फाइल मुल्तबी गरिएको न्यायाधीश अचार्यले बताए । दुई वर्षसम्म उनीहरू अदालतमा हाजिर नभए प्रमाणको आधारमा फैसला सुनाइने उनले जानकारी गराए ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घाँटी रेटी हत्या गरेर खाडलमा गाड्ने अभियुक्त लाई सर्वस्वसहित जन्मकैद"

Leave a reply