चिकित्सकको आन्दोलनले चितवनका अस्पताल आज पनि बन्द
चितवन साउन २ - सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकले आव्हान गरेको अस्पताल बन्द आज तेस्रो दिनपनि जारी रहेको छ । पछिल्लो समयमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढीरहेकाले सुरक्षाको माग गर्दै चिकित्सकहरुले आईतबार देखि आकस्मीक बाहेकका सबै सेवा बन्द गराएका छन् ।
स्थानिय प्रशासनसँग आफ्ना मागका बारेमा आज छलफल गरि आन्दोलनका कार्यक्रमको तय गरिने नेपाल चिकित्सक संघ चितवनका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
आक्रमणको क्रम बढेकाले अस्पताल बन्द गर्न वाध्य भएको नेपाल चिकित्सक संघ चितवनले जनाएको छ ।
चितवन सहित बाहिरि जिल्ला बाट उपचारका लागि बिरामी आउने गरेको चितवनमा अस्पतालहरु बन्द हुदा बिरामी मर्कामना परेका छन् । उनीहरुले बन्दको बिकल्प खोज्न चिकित्सकहरुलाई आग्रह गरेका छन् ।
समाचार ऑनलाइन खबर बाट
