कलेजमा आगजनी गर्न खोज्नेहरुलाई बिद्यार्थीहरुले लखेटे
चितवन साउन २ - नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा तोडफोड गर्न आएको अज्ञात समुहलाई विद्यार्थीले लखेटेका छन् । मोटरसाईकलमा आएका ६ जनाले पेटोल छर्केर कलेजको गाडीमा आगजनी गर्नुका साथै कम्प्युटर तथा झ्यालमा तोडफोड गर्न थालेपछि अध्ययन गर्दै गरेका बिद्यार्थी प्रतिकार गरेका थिए ।
विद्यार्थीले उक्त समूहको ना २० प १८ ०५ नम्बरको पल्सर मोटरसाईल तोडफोड गरेका छन् । आगजनीका कारण गाडीमा कलेजको गाडीमा लागेको आगो बिद्यार्थीहरुले निभाएका थिए ।
झण्डै एक महिना अघि सोहि कलेजको भरतपुरको भोजाडमा रहेको मूख्य ब्लकमा अनेरास्वीयु क्रान्तिकारीका बिद्यार्थीहरुले तोडफोड गर्दा १० लाख भन्दाबढिको क्षति भएको थियो ।
समाचार ऑनलाइन खबर बाट
