|

अविरल बर्षापछि खतरापूर्ण रहेको राप्ती नदीको वहाब आज सामान्य


ज्ञानु गौतम, बाँके  ,श्रावण ५ -अविरल बर्षापछि खतरापूर्ण रहेको राप्ती नदीको वहाब आज सामान्यमा झरेको छ । बाँकेको कुसुमस्थित जलमापन केन्द्रका अनुसार नदीको शहाव आज दुई दशमलव ७० सेन्टीमिटरमा झरेको हो । नदीको वहाव पाँच दशमलब ४० भन्दा माथि पुगेपछि हिजो खतरापूर्ण रहेको भन्दै साइरन बजाइएको थियो । पाँच सेन्टिमिटरदेखि पाँच दशमलब ४०सेन्टिमिटरसम्म आउने बाढिलाई सामान्य खतराको रुपमा लिने गरीए पनि हिजो बाढी पाँच दशमलब ४० सेन्टिमिटर भन्दा माथि पुगेपछि साइरन बजाइएको हो । हिजो बिहान राप्ती नदिको बहाव बढे लगत्तै उपकरणले जिल्ला प्रशासन कार्यालय बाँकेमा साइरन बजाइएको जलमापन केन्द्रका गेजरिडर भद्रबहादुर थापाले जानकारी दिनुभयो । भारत सरकारले अन्तर्राष्ट्रिय सीमा नियम बिपरित निर्माण गरेको लक्ष्मणपुर बााध र कलकलवा तटबन्धका कारण बर्षेनी नेपाली गाउाहरु डुबानमा पर्ने गरेका छन् ।

 यसैगरि बाँकेको कम्दीस्थित राप्ती नदीमा बनेको सिधनिया पुल बग्ने जोखिम बढेपछि वैकल्पिक उपाय थालिएको छ । २०६५ सालमा २१ करोड लगानीमा बनेको तीनसय ४२ मिटर लामो पुलको पुर्वी डिल राप्ती नदीले कटान गर्न थालेपछि पुल बग्ने अवस्थामा पुगेको स्थानियबासिन्दा मिलन यादवले जानकारी दिनुभयो । पुल बग्ने खतरा बढेपछि आजदेखि सर्वपक्षीय पहल थालिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार आजदेखि स्थानिय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा राजनीतिक दलका कार्यकर्तालगायत सबैले बासको बार लगाउने काम गरिरहेका छन् । पुल जोगाउन वैकल्पीक रुपमा लगाइने बासको बार लगाउदा लाग्ने खर्च तटबन्ध कार्यक्रम, भूमिगत जलस्रोत तथा सडक डिभिजन कार्यालयले बेहोर्ने समेत निमित्त निमित्त प्रजिअ पाण्डेले बताउनुभयो । बाढीबाट हुनसक्ने जोखिमलाई मध्य नजर गरी प्रहरी तैनाथ पारिएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उदय तामाङले जानकारी दिनुभयो । 

Posted by Butwalonline on 5:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अविरल बर्षापछि खतरापूर्ण रहेको राप्ती नदीको वहाब आज सामान्य"

Leave a reply