चिया खुवाई बेहोस बनाएर सुनका गहना लूटपाट
साउन ४ - कोटेश्वरस्थित छोराको घरबाट झोखेल जान लागेकी एक ६६ वर्षकी वृद्धालाई चिया खुवाई बेहोस बनाएर सुनका गहना लुटिएको छ |
झोखेल-५ घर भएकी ६६ बर्षीया तुलसीमाया श्रेष्ठको करिब १ लाख ८० हजार रुपैयाँ बराबरको सुनको गहना लुटपाट भएको हो।
प्रहरीका अनुसार काठमाडौँ कोटेश्वरस्थित छोराको घरबाट झोखेल जाने क्रममा दुवाकोट घर बताउने नचिनेकी एक महिलाले उनलाई ललाई फकाई सिनामंगलस्थित भेटघाट सेकुवा कर्नरमा लगेकी थिइन्।
उनले चियामा बेहोस बनाउने पदार्थ खुवाई आधा तोलाको सुनको ढुंग्री, २ तोलाको सुनको मंगलसूत्र र आधा तोलाको औँठी लुटेको प्रहरीले बताएको छ।श्रेष्ठलाई प्रहरीले अर्धबेहोस अवस्थामा फेला पारेपछि उनको छोरा लक्ष्मण दास श्रेष्ठको जिम्मा लगाएको छ।
समाचार नागरिक न्यूज बाट
