|

'गाडी जलाउने'लाई पक्रेको विरोधमा नारायणगढ बजार बन्द


चितवन, असार २६- गएको महिना राजश्व छली गरेको शंकामा छापा मार्न चितवन आएको राजश्व अनुसन्धान विभागको गाडी जलाएको अभियोगमा प्रहरीले विजय लामासहित चार जनालाई नियन्त्रणमा लिएको विरोधमा व्यवसायीहरुले आज नारायणगढ बजार बन्द गराएका छन्।

मोबाइल बिक्री गर्ने क्यान व्यवसायीहरुले बजार बन्द गराएका हुन्। उनीहरुले राजमार्गमा गरेको अवरोध भने प्रहरीले खुलाएको छ।

विभागका उपसचिव भरत सुवेदीको नेतृत्वमा गएको टोलीले गत जेठ २४ गते व्यवसायी लक्ष्मीनारायण श्रेष्ठसँग व्यवसायको विवरण माग्दै गर्दा व्यवसायीहरुले नै घेरा हालेपछि अनुसन्धान रोकिएको थियो। व्यवसायीहरुले राजस्व छापाको विरोध गर्दै प्रहरीसँग झडप गरेका थिए। झडपका क्रममा प्रदर्शनकारीले राजश्व अनुसन्धान विभागको बा १ झ ९१३५ नम्बरको जिप पुल्चोकमा जलाइ दिएका थिए।गाडी जलाएको अभियोगमा पक्राउ परेका लामालाई ४ लाख ८३ हजार धरौटी रकम माग गरिएको छ।
नागरिक न्यूज बाट 

Posted by Butwalonline on 7:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "'गाडी जलाउने'लाई पक्रेको विरोधमा नारायणगढ बजार बन्द"

Leave a reply