अफगानिस्तान लैजाने भन्दै १० लाख रुपैया उठाएर दलाल फरार
काठमाडौं , असार ३१ - अफगानिस्तान लैजाने भन्दै दुई ब्यक्तिसँग १० लाख रुपैया उठाएर अर्को दलाल पनि फरार भएका छन् ।काठमाडौं स्यम्भुस्थित अमरचित्रकार रोड (घर नम्बर ४३६) का प्रकास धिमालले झापाका दिलबहादुर श्रेष्ठ र चन्द्रबहादुर बस्नेतसँग १० लाख लिएर फरार भएका हुन् । 'प्रकाशबाट अरु पनि पीडित छन्, ब्यक्तिगत कारोबार गरेको हुदाँ सबैको बिबरण थाहा हुन सकेको छैन', पीडित श्रेष्ठले भने,'अहिले उनी सम्पर्कविहीन छ ।'
पीडितहरु धिमालका घर जाँदा भाइ प्रदिप र भिनाजु कोन्जु लामाले ज्यान मार्ने धम्की दिने गरेको उनीहरुले बताए । उनीहरुले कारबाहीका लागि बैदेशिक रोजगार बिभागसमक्ष उजुरी समेत दिएका छन् ।
समाचार कांतिपुर बाट
