|

विषालु च्याउ खाएर एकै परिवारका चार जना बिरामी


चितवन, २२ असार। पूर्वी चितवनको पिप्ले गाविसमा विषालु जङ्गली च्याउ खाएर एकै परिवारका चार जना बिरामी परेका छन्। गएराति च्याउको तरकारी पकाएर खाएका पिप्ले गाविस-७ गड्यौलीकी पुष्पा राई र उनकी तीन छोरी बिरामी परेका हुन्।

पच्चिस वर्षीया राईसहित उनका छोरीहरू सात वर्षीया प्रशंसा, छ वर्षीया प्रसुन्ना र १७ महिनाकी प्रश्नाको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 5:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विषालु च्याउ खाएर एकै परिवारका चार जना बिरामी"

Leave a reply