|

माओवादी पार्टी कार्यालय चितवनमा सकेट बम, कार्यालय प्रहरी नियन्त्रणमा

चितवन,असार २२-एनेकपा माओवादी र नेकपा-माओवादीका कार्यकर्ताबिच झडप हुँदा गोली चलेपछि प्रहरीको सुरक्षामा रहेको पार्टीकार्यालयमा बम फेला परेको छ। भरतपुर ७ कृष्णपुरस्थित पार्टी कार्यालयमा सकेट बम फेला परेपछि प्रहरी पार्टी कार्यालय नियन्त्रणमा लिएको छ।

एमाओवादी पार्टीकार्यालया तीनवटा पुरानो सकेट बम प्रहरीले फेला परेको हो। कार्यलय परिसरमै रहेको फोहर फाल्ने ठाउँमा अलपत्र फ्याकिएका सकेट बम सुरक्षामा खटिएका प्रहरी टोलीले फेला परेको थियो।  शुक्रबार दिउसो प्रहरी टोलीले सकेट बम देखेपछि भरतपुर स्थित समशेरदल गण भरतपुरमा डिस्पोजका लागि खबर गरेको थियो।
सेनाको बम डिस्पोजल टोलीले भरतपुरकै बसेनीधापमा लगेर सकेट बम डिस्पोज गरेको दलका गणपति ज्योतिन्द महतले जानकरी दिए। उनका अनुसार तत्कालै प्रयोग गर्न नमिल्ने र खिया लागेको अवस्थामा बम भेटिएको थियो। तर सर्वसाधारणले चलाएर आगोमा हाल्दा पड्कन पनि सक्ने उनले जानकारी दिए।

यसअघि कार्यालय स्वामित्व आफ्नो पक्षमा लिने क्रममा दुई माओवादी कार्यकर्ताको झडपमा हुँदा गोली चलेको थियो। गोली लागी २ घाइते भएका थिए। अहिले सोही कार्यालय परिसरमै बम फेला परेपछि थप त्रास फैलिएको सुरक्षामा खटिएका प्रहरीहरुले बताएका छन्। भित्रै पनि अन्य हतियार र बम पो छ कि भन्ने शंका उत्पन्न भएको छ।

कार्यालयमा बम भेटिएको विषय आफुले सुनेपनि वास्तविकता थाहा नपाएको एनेकपा माओवादीका जिल्ला सहईन्चार्ज घनश्याम दाहाल बताउछन्। आफु काठमाण्डौ रहेर फर्कदै गरेकाले थाहा नपाएको उनले बताए। सो विषयमा छानबिन चलिरहेपनि पुष्टी भने भैनसकेको स्रोतले जनायो। दुई माओवादीको विवादकैबीच बम फेला परेपछि कार्यालयमै क्याम्प राखेर प्रहरीले पार्टीकार्यालय आफ्नो नियन्त्रण्मा सुरक्षा दिन थालेको छ। दुबै माओवादीले कार्यालय आफ्नो भनि दाबी गर्दै झगडा थालेपछि स्थानियले समेत असुरक्षित महसुस गर्न थालेका छन्। स्थानिय र कार्यालय दुबैका सुरक्षाका लागि प्रहरी बल नै तैनाथ गरिएको छ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादी पार्टी कार्यालय चितवनमा सकेट बम, कार्यालय प्रहरी नियन्त्रणमा"

Leave a reply