|

धनुषामा भएको यात्रुबाहक बस दुर्घटनामा दुईको मृत्यु


धनुषा,जेठ २२ -धनुषामा भएको यात्रुबाहक बस दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । २४ जना भन्दा बढी घाइते भएका छन् । इलामबाट काठमाण्डौं आउँदै गरेको ना २ ख ७८९२ नम्बरको बस गएराती धनुषाको यज्ञभूमी गाविस ९ मा पर्ने भिमान चोकमा दुर्घटना भएको हो । दुर्घटनामा परि एक महिलाको घटना स्थलमै मृत्यु भएको छ ।
उनको सनाखत हुन सकेको छैन् । गम्भिर घाइते भएकी झापा निवासी दिलमाया लामाको उपचारका क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
घाइते मध्ये १२ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुमध्ये ७ जनालाई थपउपचारका लागि काठमाण्डौ ल्याइएको छ भने ५ जनालाई धरान पठाईएको र बाँकीको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको बताईएको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 7:33 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धनुषामा भएको यात्रुबाहक बस दुर्घटनामा दुईको मृत्यु"

Leave a reply