प्रेस रिलीज:आदिवासी जनजाती युवा परिषद, यू.ए.ई
प्रेश बिज्ञप्ति !
केहि समय पहिले मात्रै क्रुर ब्रामणबादी शासकहरुले बाहुन क्षेत्री समुदायलाई उचालेर सामाजिक सहिष्णुता र जातिय सदभाब खल्बलिने गरि नवलपरासीको थारु संग्रालय ध्वस्त पार्ने अत्यन्त निन्दनीय कार्य भएको थियो ! सोहि क्रममा बैशाख २७ गते नवलपरासीको डण्डामा जातिय सम्मान ,जातिय अधिकार एबं जातिय मुक्तिकोलागि सम्पूर्ण आदिबासी जनजाती समुदायको साझा आस्थाको केन्द्र के कति कारणले र किन ध्वस्त परियो ? भनि लोकतान्त्रिक अधिकार प्रयोग गर्दै न्यायिक छानबिनको माग गर्दै गरिएको शान्तिपूर्ण जुलुस माथि कायरता पूर्ण तरिकाले जातिय प्रतिषोध लिन कै निम्ति डी.एस .पी.राजेन्द्र शर्मा मरासिनी द्वारा सर्बसाधारण आदिवासी जनता माथि बर्बर आतंक मच्चाउदै ज्यानै लिने मनसाय सहित हानिएको गोलीका कारण पछाडी पिठ्युमा गोलिलागि घाइते हुनु भएका महान सहिद धन बहादुर थनेत थारु उपचारकै क्रममा काठमान्डूको शिक्षण अस्पतालमा जेष्ठ २३ गते सहादत प्राप्त गर्नु भएकोले उहाँ र उहाको बलिदान प्रति उच्च सम्मान सहित हार्दिक श्रदान्जली व्यक्त गर्न चाहन्छौ !
यो अत्यन्त शोकाकुल समयमा उहाका परिवार, आफन्त , सम्पूर्ण थारु समुदाय र आन्दोलनरत सहकर्मी सबैमा धैर्य धारण गर्दै जबसम्म जातिय हक अधिकार ,जातिय सम्मान एबं जातिय मुक्ति प्रतिको उहाको सपना पुरा हुदैन तब सम्म हाम्रो आन्दोलन जारी राख्दै उहाँको रगत खेर जान दिइने छैन भनि प्रतिबद्दता जाहेर गर्दछौ | एकात्मक बाहुनबादी सामन्ती सोचका संरक्षक रक्त-पिपासु हत्यारा डी.एस.पी.राजेन्द्र शर्मा मरासनीलाई अबीलम्ब निलम्बन गरी ज्यान सम्बन्धि मुद्दा चलाई हदै सम्मको सजाय गर्न नेपाल सरकार संग जोडदार माग गर्दछौ साथै सोहि क्रममा गोलिलागि घाइते हुनु भएका महेन्द्र आले मगर , तारा बहादुर थनेत थारु , बिशाल महतो लगायतका पचासौ घाइते आदिबासि जनजाती साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ !
