डडेल्धुराको रडुवा खोलाको तालमा डुबेर एक बालिकाको मृत्यु
डडेल्धुरा, जेठ २१- डडेल्धुराको नवदूर्गा र मष्टामाडौं गाविसको सीमानामा पर्ने रडुवा खोलाको तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ। तालमा डुबेर डोटी जिल्लाको लामिखाल गाविस पातलवस्ती निवासी १२ वर्षीय शारदा रोकायाको आज दिउँसो २ बजे मृत्यु भएको हो। साथीहरुसँग तालमा नुहाउन गएकी रोकायाको पौडिन नजानेपछि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। रोकाया केही दिनअघि नजिकैको मामाघरमा बस्दै आएकी थिइन्।
समाचार नागरिक न्यजू बाट
समाचार नागरिक न्यजू बाट
