बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते,चार जनाको अवस्था गम्भीर
लहान, असार ८-पूर्वपश्चिम राजमार्गको मेदनीपुरस्थित सरस्वती खोला पारी शुक्रवार बिहान बस दुर्घटना हुँदा सवार १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।गम्भीर घाइते ३ जनालाई न्युरो अस्पताल विराटनगर र बस चालकको नोवेल अस्पताल विराटनगरमा उपचार भैरहेको छ।
संखुवासभा मुलखर्क १ का ३० वर्षिय तेजबहादुर रोक्का, ताप्लेजुङ्ग चाँगे ६ का ४२ वर्षीय रत्न तामाङ, सुनसरी भोक्राहा ८ का २२ वर्षिय दिपेन्द्र रामलाई न्युरो र मोरंग डाँगीहाट ८ का बस चालक ३० वर्षिय सुभाष थापाको नोवेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा उपचार भैरहेको लहान प्ररहीले जानकारी दियो। काठमाडौंबाट काँकरभिट्टातर्फ गइरहेको ब ४ ख १०४१ नम्वरको वस सोही दिशावाट गइरहेको ना २ ख २६३० नम्वरको ट्रकलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार, विहान करिव ५ वजेतिर भएको थियो।
इन्सपेक्टर कुलप्रसाद चौधरीका अनुसार ट्रकलाइ पछाडिबाट ठक्कर दिएपछि बसको गेयर वक्स सडकमै झरेको थियो। गेयर वक्स झरेपछि बस अनियन्त्रीत भएर सडक भन्दा करिव ५० मिटर उत्तर खोल्डोमा भासिन पुगेको थियो।
समाचार नागरिक न्यूज बाट