विस्फोटपछि मध्य र सुदूर पश्चिम आतंकित
नेपालगन्ज, जेठ १९ - मध्य र सुदूर पश्चिमका जिल्लामा विभिन्न सामान ढुवानी गर्ने भेरी ढुवानी सेवामा शुक्रबार बिहान करिब २:४० भएको विस्फोटले आसपास क्षेत्र आतंकित बन्यो। विभिन्न केमिकल र अन्य सामग्रीसमेत आपूर्ति गर्दै आएको नेपालगञ्जको कारकाँदो क्षेत्रको सडक किनारमै रहेको यस व्यवसायमा विस्फोटन लगत्तै भएको आगो निभाउन स्थानीय र दमकल समेत आएका थिए।
ढुवानी सेवाको नजिकै सडकमै पार्क गरेर राखिएको बस बा२ख ५४६८ मा पनि आगजनी गरिएको छ।
विस्फोटन र बसमा आगजनी कुनै व्यक्तिले गराएको आशंका स्थानीयको छ। केही प्रत्यक्षदर्शीले साइकलमा आएको एउटा व्यक्तिले आगो लगाएर गएको बताए। घटनास्थलमा आएका प्रहरीले समेत यसको कारण पत्ता लगाउन सकेका छैनन्।
विस्फोटनपछि घटनास्थलमा आएका ढुवानी सेवाका संचालक त्रियुगीनारायण अग्रवालले आफूलाई यसबारे केही थाहा नभएको बताए। उनी आफैं आश्चर्यमा परिरहेका थिए।
थकाइका कारण सडकमै गाडी किनारा लगाएर राति १२ बजे सुतेका चालक ललित जैसी धन्न ज्यान जोगियो भन्दै थिए। आगो लागेको थाहा पाउनासाथ उनी ननिस्केका भए ज्यान जान सक्थ्यो।
समाजमा अस्थिरता पैदा गर्न खोज्ने तत्वहरुले श्रृंखलावद्ध रुपमा यस्ता घटना गराउन थालेको टिप्पणी हुन थालेको छ। न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएलगत्तै नेपालगन्जमा भएको यो घटनाले थप चिन्ता बढाएको छ।
समाचार नागरिक न्यूज बाट