|

माईक्रोबसको ठक्करबाट एक जनाको मृत्यु

नेपालगञ्ज जेठ १६-नेपालगञ्जको गणेशमान चोक नजिकै भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका बरिष्ठ अधिकृत, मानवअधिकारकर्मी भजन चौधरीको सडक दुर्घटनामा आज बिहान मृत्यु भएको छ । बिहान करीब साढे ५ बजे सडकमा हिडिरहेका चौधरीलाई माईक्रोबसले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 
नेपालगञ्ज नगरपालिका १३ निवासी ४२ बर्षिय चौधरी १५ बर्षदेखि ईन्सेकमा कार्यरत हुनुहन्थ्यो । नेपालगञ्ज भन्सारबाट कोहलपुरका लागि छुटेको भे १ ख ११२७ नम्वरको माईक्रोबसले सडक किनारमा हिडिरहेका चौधरीलाई चारबाहिनी चोक नजिकै ठक्कर दिएको थियो । माईक्रो बस र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Posted by Butwalonline on 7:31 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माईक्रोबसको ठक्करबाट एक जनाको मृत्यु"

Leave a reply