|

सिमेन्ट कारखानाको बर्नर भट्टी पड्किँदा १३ जना घाइते

वैशाख २२- धनकुटाको सिधुवाबजारमा रहेको निगाले सिमेन्ट कारखानाको बर्नर भट्टी पड्किँदा १३ जना घाइते भएका छन्। शुक्रबार साँझ सिमेन्ट उत्पादन भइरहेको बेला एक्कासी भट्टी विष्फोट भएको सिमेन्ट उद्योग सञ्चालक दिनेश पौडेलले बताए। 
उक्त घट्नामा परी मतियारी भारतका उमेश पासवान, विनोद पासवान, टिकु पासवान, सञ्जय पासवान, मन्जय पासवान, हुलास पासवान, डोमन पासवान, ललन पासवान र रामवली राय घाइते भएका छन्। त्यस्तै सहर्सा भारतका लक्ष्मण सरदार र सुमन सरदार, विहारका पप्पु, भारत भुपालका रामआशिष घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसके पछि थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
उनीहरु मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको सिमन्ट कारखाना सञ्चालक पौडेलले बताए। भट्टीबाट आएको तातो सिमेन्टले लागेर उनीहरु घाइते भएका हुन्। उनीहरुलाई धनकुटा जिल्ला अस्पताल सम्म कारखानाकै टिपरले ल्याएका थिए। घाइतेहरुलाई उपचार गर्न अस्पताल सम्म पुर्‍याउन नेपाल रेड्क्रस सोसाइटीका स्वयमसेवक, सुरक्षाकर्मी र स्थानीयबासीले सहयोग गरेका थिए।
एक वर्षअगाडि उत्पादन सुरु गरेको सिमेन्ट उद्योगमा अकल्पनीय घट्ना भएको कामदारहरुले बताएका छन्। यो घट्ना के कारण भयो भन्ने बारे थप अनुसन्धान सुरु गरेको सञ्चालक पौडेलले बताए।
समाचार नागरिक न्यूज बा

Posted by Butwalonline on 8:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिमेन्ट कारखानाको बर्नर भट्टी पड्किँदा १३ जना घाइते"

Leave a reply