|

हत्यागरिएको ४ बर्ष बितिसक्दा पनि हत्यारालाई कारबाही भएन


 हेमराज भट्ट,नेपालगंज ,वैशाख २७ - निर्दोश व्यक्तिको हत्यारालाई अदालतले अहिले सम्म सजाय दिन नसकेको भन्दै एक कार्यक्रममा सहभागीहरुले दु:ख व्यक्र गरेका छन् । बागेश्वरी असल शासन क्लब (बास)को आयोजनामा आज सम्पन्न बास भुतपूर्व केन्द्रिय सदस्य तथा बास निर्देशक नमस्कार शाहको श्रदेय बहिनी रुक्मीणी शाहको चौथो पुन्य तिथिमा उपस्थित सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन ।

बास केन्द्रिय कार्यालय नेपालगन्जमा सम्पन्न श्रद्धान्जली सभामा उपस्थित व्यक्तित्वहरुले हरेक बर्ष मृतकको नाममा श्रद्धान्जली सभा मात्र गरेर उचित न्याय नपाउने भन्दै हत्यारा र दोशिका बिरुद्ध दवाव दिनुपर्नेमा जोड दिएका थिए । श्रद्धान्जली सभामा बोल्दै गैरसरकारी सस्था नेटवर्कका अध्यक्ष चन्द्र प्रशाद तिमिल्सिनाले देर भएपनि हत्याराले अवस्य पनि सजाय पाउने विश्वास व्यक्त गर्दै अन्यायका बिरुद्ध चुप लागेर बस्न नहुनजे विचार व्यक्त गरेका थिए । सभामा बोल्दै गैसस कर्मी तेज विक्रम शाहले नेपालको मानव अधिकारको आन्दोलनमा नै प्रश्न चिन्ह खडा भईरहेको भन्दै एक न एक दिन अध्यारो बाट उज्यालो अवस्य आउने धारणा राखेका थिए ।

उनले स्वर्गीय शाहको नाममा रचनात्मक कामहरु समेत थाल्नु पर्ने बिचार व्यक्त गरेका थिए । सभामा बोल्दै स्याकका लोक बहादुर थपाले अब हामीले कसरी प्रभावकारि रुपमा न्याय पाउने भन्ने तर्फ लाग्नु पर्ने बिचार व्यक्र गरेका थिए । जिल्ला युवा क्लब सञ्जाल बााकेका अधयक्ष आशिष बर्माले लामो समय सम्म निर्दोसले न्याय पाउन नसकेकोमा निरासा छाएको भन्दै न्याय नपाए सम्म एक पटक होईन पटक पटक लड्नु पर्ने बताएका थिए । सभामा विभिन्न क्षेत्रका गरि ३० बढि सहभागीहरुले मृत आत्माको  िचर शान्तिको कामना गर्दै न्यायका लागि अझै शसक्त रुपमा अगाडी बढ्न सबै एक जुट भएको धारणा राखेका थिए । भने सभाका सहभागीहरुले शुसासनको यात्रामा क्रियाशिल स्वर्गीय रुक्मीणी शाहको सम्झनामा कोषको स्थापना गर्न सकेमा अझै राम्रो हुने धारणा समेत राखेका थिए ।

आज भन्दा चार बर्ष अगाडी आफ्नै लोग्नेले जबरजस्ति बिष सेवन गराएर उनको हत्या भएको थियो । उनको हत्या भएदेखि नै बासले उनलाई न्याय मिलोस भन्दै दवावका कार्यक्रमहरु ग्र्दै आएको छ भने हरेक बर्ष उनको जन्म दिनको पुन्य तिथिमा श्रद्धान्जली सभाको आयोजना गर्दै आएको छ । आज सम्पन्न चौथो पुन्य तिथिको अवसरमा स्वर्गीय शाहका श्रदेय दाजु नमस्कार शाहले शोक मन्तव्य सागै अहिले सम्म चलीरहेका अदालती प्रकृयाको बारेमा जानकारि गराएका थिए । सम्पन्न सभाको सञ्चालन बास अध्यक्ष राजु लामिछानेले गरेका थिए भने स्वागत बास प्रबक्ता हेमराज भट्टले गरेका थिए । श्रद्धान्जली सभाको समापन पनि आज नै स्वर्गीय शाहको चौथो पुन्य तिथिको अवसरमा बासले नेपालगन्ज स्थित भेरी बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई फलफुल समेत वितरण गरेको छ ।


Posted by Butwalonline on 7:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हत्यागरिएको ४ बर्ष बितिसक्दा पनि हत्यारालाई कारबाही भएन"

Leave a reply