मालपोत कार्यालय दैलेखमा ५ घण्टा धर्ना
कृष्ण आचार्य, दैलेख ,बैसाख २१-राष्ट्रिय भुमि अधिकार मञ्च जिल्ला शाखाले आफना मागहरु पुरा हुनुपर्नेलगायत माग गर्दै आज मालपोत कार्यालय दैलेखमा ५ घण्टा धर्ना दिएको छ । जिल्लाका विभिन्न गाविसबाट आएका नागरिक सम्मिलित र्यालीले प्रमुख जिल्ला अधिकारी बासुदेब दाहाललाई ज्ञापनपत्र बझाउदै मालपोतमा पुगेर धर्ना दिएको हो । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा छुट जग्गा जोताहको नाममा हुनुपर्ने, २०५६ सालमा भएको सहमति कार्यान्वयन हुनुपर्नेलगायतका लगायतका आठ बुदे मागहरु रहेका छन् ।