नेपाल रेलवेका निवर्तमान महाप्रबन्धक सुरेश यादवको गोलीगोली हानी हत्या
जनकपुर, जेठ १७ -गाउँको पोखरीसम्बन्धी समान्य विवादमा गोली चल्दा नेपाल रेलवेका निवर्तमान महाप्रबन्धक सुरेश यादव मारिएका छन्। पोखरीको डिल सम्बन्धी विवादबारे बुधबार हुने भेलाका लागि मंगलबार साँझ आफ्नै घरमा आफन्तहरुसँग छलफल गरिरहेको बेला गाउँकै विपक्षीले गोली चलाएका थिए।
स्थानीय हरेशिव यादवले चलाएको गोली लागेर अन्य चार जना घाइते भएका छन्। सिरसिया -१ स्थित सुरेश यादवको घरमा चलेको गोली लागेर स्थानीय श्याम यादव, राजेन्द्रप्रसाद यादव, श्रीप्रसाद यादव र सुरेश यादव घाइते भएका छन्। टाउको र पेटमा गोली लागी अत्यन्त गम्भिर रहेका श्याम र राजेन्द्रको थप उपचारकालागि धरान लगिएको छ भने श्रीप्रसाद र सुरेशको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
गोली चलाउने हरेशिव फरार छन्। एक जनाको घटना स्थलमै मृत्यु भएको र अन्य चार जना घाइत हुने गरी अन्धाधुन चलाइएको गोली काण्डले सिरसिया गाउँ आक्रान्त बनेको छ। गाउँमा प्रहरीको बाक्लो उपस्थिति रहेपनि गाउँलेले पहिचान गरिसकेको अपराधीलाई बुधबार बिहानसम्म नियन्त्रणमा लिन सकेको छैन।
समाचार नागरिक न्यूज बाट
