|

गाई चराउन गएका दुई बृद्ध महिलाको विभत्स हत्या

पाल्पा, वैशाख २२-पाल्पा गाई चराउन गाएका दुई महिलाको हत्या भएको छ । पाल्पाको  बराङ्गदी गाविस-२ घारेखोलामा विहीवार गाई चराउन गएका दुई महिलाको शव हत्या गरी काफलको रुखमुनि फालिएको अवस्थामा आज विहान भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेमा चिर्तुधारा गाविस-८ माझटोलकी ६५ वर्षीया भुनिकला गाहा र  ६० वर्षीया कुमारी गाहा रहेको नायब उपरीक्षक  मीरा चौधरीले जानकारी दिनुभयो । ती महिलाले लगाएको गरगहाना नभएकाले गरगहना लुटपाट गर्ने समूहले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
समाचार ऑनलाइन खबर बाट 


Posted by Butwalonline on 1:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गाई चराउन गएका दुई बृद्ध महिलाको विभत्स हत्या"

Leave a reply