|

संबिधानसभा भंग हुँदै, ७ गते नयाँ चुनाव (भिडियोसहित)

काठमाडौं  जेठ १४ -६० बर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौको रगतसँग साटिएको संबिधानसभालाई अन्ततः दलका नेताहरुले असफल बनाएका छन् ।
आज राती १२ बजेदेखि संबिधानसभाको म्याद औपचारिकरुपमा सकिने छ । सहमति जुटाउन बसेका दलका नेताहरुले संबिधान जारी गर्ने प्रयास असफल भएको सार्वजनिक घोषणा गरेका छन् ।जारी संबिधानसभा भंग हुने भएपछि प्रधानमन्त्रीले संबिधानसभाको नयाँ चुनाव मंसिर ७ गते गर्न प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ । तर, एमाले मन्त्रीहरुले भने नया चुनावप्रति असहमति जनाएका छन् । नयाँ चुनावबारे जानकारी गराउन प्रधानमन्त्री राष्ट्रपति कार्यालय जाँदै हुनुहुन्छ ।
दिनभरको वैठकपछि राती करिव १० बजेतिर संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘संबिधानसभा जोगाउन सकिएन् ।’ उनले संकटकाल वा नयाँ चुनावबारे छलफल भइरहेको बताए ।
२ वर्षका लागि गठन भएको संविधानसभाको कार्यकाल ४ वर्ष पुर्‍याउँदा पनि नेपाली जनतालाई संविधान दिन असफल भएका दलहरु अब विकल्पको खोजीमा जुटेका छन् । श्रोतका अनुसार नयाँ संविधानसभाको निर्वाचनको घोषणाको सम्भावना बढी छ । यद्यपी दलहरुबीच संकटकालको घोषणा गरेर संविधानसभाको म्याद ६ महिना लम्बाउने बिकल्पबारे पनि छलफल गरिरहेका छन् । 

समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 8:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संबिधानसभा भंग हुँदै, ७ गते नयाँ चुनाव (भिडियोसहित)"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु