'झाडीतिर जान्न भनेपछि मेरो सारी फुकालेर फालिदिए'
चितवन, जेठ १७- अस्पतालका चिकित्सकहरु बिरामी हेर्दै थिए। भरतपुर अस्पतालको मेडीकल वार्डको बेड नम्बर ३ मा चिकित्सक पुगे। सुतिरहेकी ४२ वर्षिया फुलमती महतोसँग चिकित्सकहले सोधे, 'के भयो तपाँईलाई? झसंग हुँदै र डराउँदै फुलमतीले भनिन, 'सेनाले जबरजस्ती गरेको कसैलाई नभन्नु भनेको छ।' बाहिर भने उपचार पनि गर्दैन खान पनि दिदैन भनेको छ,' उनले त्रसित हुँदै थपिन्। उनको उत्तरले चिकित्सक पनि अवाक्क भए।
'फकाउँदै म कसैलाई भन्दिन् तपाईँलाई कहाँ कहाँ दुखेको छ भन्नुस औषधी दिन्छु दुख्न निको हुन्छ।' बल्ल फुलमतीलाई केही साहस आयो। दुखाईले सुत्न पनि नसक्ने र उठेर बस्न पनि नसक्ने अवस्थाकी उनले कम्मर,खुट्टा,ढाढ देखाउदै दुखेको ठाउँ बताइन्।
पश्चिम चितवन पटिहानीकी महतो अचेल यसैगरी डराउने र त्रसित अवस्थामा रहन्छिन्। कोही कसैले सोधिहाल्यो भने पनि राम्ररी बोल्न नसकी गुनगुन मात्र गर्छिन्। 'कसैलाई भन्यो भने मार्छु भन्या छ त्यसले', आफुलाई जबरजस्तीगर्ने निकुन्जका जमदार चित्रबहादुर प्रधानलाई सम्झदै भनिन्। प्रधानले जबरजस्तीगर्न खोज्दा नमानेपछि थिलथिलो हुनेगरि कुटिएकी फुलमती मानसिक र शारिरिक पिडामा अहिले उपचार गराउँदैछिन्।

वैशाख तीस गते निकुञ्जको टिकट काटेर फुलमती सहित चारजना निकुञ्जकै जर्नेली पोष्टमा घाँस काट्न गएका थिए। दिउसोको समय उनीसहित चौधपन्द्र वर्षका अन्य तिन युवती घाँस काट्दै थिए। पटिहानीबाट मदिरा पिएर जमदार चित्रहादुर र उनका साथीहरु पोष्टतिर आए। आउँदा महिलाहरुले घाँस काटेकै ठाउँमा आएर चित्रबहादुरले भने, 'मान्छेले खाने हो कि क्या हो घाँस?'
फुलमतीले जवाफ दिईन, 'मान्छेले त भात खान्छ के घाँस खान्छ।' उनले जवाफ दिन नपाउदै मदिराले मातेको चित्रबहादुरले च्याप्प हात समाते अनि भुईमा बसे।
खुट्टा पसारेर बसेका उनले फुलमतीलाई लाजै नमानी भने, 'आइज मेरो काखमा बस।'
फुलमतीले इन्कार गरी बस्दिन, 'यस्तो उमेरमा बुढाको काखमा त बसिन्न अरुको काखमा किन बसु म त्यस्तो आइमाई हैन्।'
खुट्टा पसारेर बसेका उनले फुलमतीलाई लाजै नमानी भने, 'आइज मेरो काखमा बस।'
फुलमतीले इन्कार गरी बस्दिन, 'यस्तो उमेरमा बुढाको काखमा त बसिन्न अरुको काखमा किन बसु म त्यस्तो आइमाई हैन्।'
उनलाई जबरजस्ती गर्न छुट् दिन अरु सिपाहीले युवतीहरुलाई नजिक आउनबाट रोकिरहेका थिए। आफ्ना हाकिमलाई केही सम्झाउन खोजे पनि चुपलागेर छेक भनेपछि सिपाहीहरु युवतीलाई रोक्दैथिए।
चित्रबहादुरसँग बस्न नमानेपछि उसले झाडीतिर सुत्न हिँड भनेर जबरजस्ती गरेको फुलमतीले बताइन्। 'जान्न भनेपछि मेरो सारी फुकालेर फालिदिए। मान्दिनस भनेर लछारपछार गरे, बाँसको लौरैलौराले जताततै कुटे,' आँशु टिलपिल पार्दै उनले भनिन्।
कुट्न थालेपछि युवती र महिलाले एकैस्वरमा गुहार माग्न थाले। पारी गाउँपटि्टको राप्ती किनारमा नुहाउँदै र ट्याक्टरमा बालुवा भर्दै गरेका केही युवाहरुले उनीहरुको गुहार सुने।
कुट्न थालेपछि युवती र महिलाले एकैस्वरमा गुहार माग्न थाले। पारी गाउँपटि्टको राप्ती किनारमा नुहाउँदै र ट्याक्टरमा बालुवा भर्दै गरेका केही युवाहरुले उनीहरुको गुहार सुने।
जंगलछेउमा कसैलाई सेनाले लछारपछार गरिरहेको देखेपछि वारिबाटै युवक ज्योती तामाङसहितले कराए, 'छाड्दे नपिट नत्र तिमीहरुलाई पनि बाँकी राख्दैनौं।' पारिबाट गाउँका केटाहरुले कराएपछि भने अरु सिपाहीले पनि, 'जाउँ जाउँ सर' भन्दै चित्रबहादुरलाई लिएर गएका थिए।
सँगै आएका युवतीहरु र पारिबाट युवाहरु आएर फुलमतीलाई उद्धार गरी मेडिकल लगिएको थियो। 'बाँसको भाटाले बेस्सरी कुटेकाले भित्रैसम्म चोट लागेको छ अझै केही महिना ओछ्यानमै विताउनुपर्ने भएको छ ,'उनकी छोरी मन्जु महतोले भनिन्।
उनका बाबु रामदुलारी महतो वर्ष ६० हातखुट्टा नचल्ने प्यारालाईसि भएर ओछ्यानमै छन्। ज्यालामजदुरीबाट चारजनाको परिवार पालिइरहेकोमा अहिले आमा नै बिरामी भएपछि घरमा आम्दानी पनि रोकिएको छ। 'आमाले काम गरेरै हामी दुईछोरीलाई पढाउनु भएको छ,मन्जुले चिन्तागरिन अब आमाले काम गर्न सक्ने होकि हैन।'
गाउँका केही भद्रभलादमीले सेनासँग जोडिएको विषय भएकाले घटना बाहिर नल्याउने सहमती सेनासँग गरेपछि स्थानिय महिला थप रुष्ट बनेर विरोध गरिरहेका छन्। 'निकुञ्जसँग जोडिएको गाउँ भएकाले कसैलाई पनि यो घटना फेरी हुनसक्छ मध्यवर्ती क्षेत्र महिला अधिकार मञ्चकी अध्यक्ष ईन्दिरा बोटे भन्छिन् जबरजस्तीगर्ने जमदारलाई कारबारी गराउने पिडितलाई न्यायदिलाउने सबै कुरा सार्वजनिक रुपमा हुनुपर्छ।' विगतमा भएका यस्ता घटना लुकाउदा धेरै महिलाले बिनाबाबुको बालक जन्माएर विचल्लीमा बस्नुपरेको भन्दै अब त्यस्ता घटना दोहोरिन नदिने बताईन्। महिलाले भोग्नुपरेको शारिरिकसँगै मानसिक पिडाले जिवनभर मुक्ति पाउन नसकेको उनको भनाई छ।
यसअघि पनि पटिहानीकै डुम्री चौकी नजिकै जंगलमा न्यरो टिप्न गएका स्थानीय महिलामाथी सैनिक जवानहरुले दुब्यवहार गर्दै पैसा तिराएका थिए।
यसअघि पनि पटिहानीकै डुम्री चौकी नजिकै जंगलमा न्यरो टिप्न गएका स्थानीय महिलामाथी सैनिक जवानहरुले दुब्यवहार गर्दै पैसा तिराएका थिए।
निकुन्जको सैनिक गणले भने फुलमतीलाई जबरजस्ती गर्ने जमदार प्रधानमाथी कोर्ट अफ इन्क्वाइरी चलिरहेको बताएको छ। 'गल्ती गरेको ठहरिए विभागिय कारबाही हुन्छ,क्याप्टेन हरिबहादुर खत्रीले भने अनुसन्धान भैरहेको छ।' उनले पिडित महिलालाई सबै उपचारको खर्च आफूहरुले नै तिर्ने बताए।
महिलामाथी निकुञ्जका सैनिक जवानले पटक पटक गर्ने अभद्रव्यवहारहरु सुध्रिन नसकेको निकुन्ज पिडित महिलाका बारेमा अध्ययन गरिरहेका छवि न्यापाने बताउँछन्।
विगतमा सैनिक जवानको जबरजस्तीकै कारण ८६ बढी महिलाका १ सय २२ बालबालिका बाबुबिहिन रहेको उनले बताए। निकुञ्ज छोएका गाउँबाट स्थानियहरु तरकारी तथा घाँसपातका लागि जंगल जाने गर्छन्।
चाँदनी हमाल(नागरिक न्यूज )