अमर बहादुर बमको जीवन रक्षाका लागि यूएईबाट उद्धार तथा सम्पर्क समिति गठन हुने
भूपराज बस्याल, यूएई, वैशाख ३१ -नेपाली समाज, यूएईले शुक्रबार आफ्नो दशौं भेला सम्पन्न गरेको छ । समाजका
अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा बर–दुबईस्थित होटल याक एण्ड यतिमा
सम्पन्न भएको उक्त बैठकले ६ अप्रिल २०१२ शुक्रबार सम्पन्न भएको ‘पार्षद
भेला तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम’ को संक्षिप्त
समीक्षा गर्दै हालै यूएई सरकारद्वारा मृत्यदण्ड सजाय सुनाइएका निर्दोष
नेपाली नागरिक अमर बहादुर बमको जीवन रक्षाका लागि यूएईबाट एक उद्धार तथा
सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । जसले अमरबहादुर बमलाई बचाउनको
लागि नेपाल सरकारलाई दबाब दिनुका साथै उनको अबस्थाका बारेमा जानकारी दिन
सम्पर्क केन्द्रको भूमिका निर्वाह गर्नेछ ।
बैठकमा बोल्दै समाजका अध्यक्ष तथा समाजसेवी कृष्ण ढकालले बमको बचाउका लागि अब नेपाल सरकारका प्रमुखले नै कूटनैतिक भूमिकाका लागि यूएई सरकारसँग भेटवार्ता गर्नुपर्ने र अन्यथा अन्य विकल्पका सम्भावनाहरु कमै रहेको बताउनुभयो । (स्मरणीय रहोस्ः उहाँले विगत २ बर्षदेखि यस मुद्धासँग नजिक रहेर काम गर्दै आउनुभएको छ ।) साथै बैठकले केही १ हप्ता अगाडि पोखरा, सेतीनदीमा हिमपहिरोका कारण अचानक आएको बाढीमा बाढीले घरबारविहीन भई विस्थापित भएका पीडित परिवारको उद्धार तथा राहतका लागि गुप्तशेखर पौडेलको संयोजकत्वमा संस्थाको दैवी–प्रकोपमा परेकालाई उद्धार गर्ने विधानगत उद्धेश्यअनुरुप ‘सेती नदी बाढीपीडित उद्धार समिति’ गठन गरी चन्दा संकलन कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । जुन आगामी शुक्रबारसम्म संकलन गरी शनिबारै अन्नपूर्ण एफएमले स्थापना गरेको राहत कोषमार्फत पठाइने ढकालले बताउनुभयो ।
समाजले सामाजिक कार्यमा उल्लेखनीय योगदान पु¥याएवापत बरिष्ठ समाजसेवी देवमान हिराचनको सम्मानार्थ सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । बैठकमा एनआरएन, जनप्रगतिशीलमञ्च लगायत अन्य सामाजिक संघ–संस्थाका ब्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।