|

यूएई मा पत्रकारिता तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवस मनाईयो

रविन्द्र फुयाल  -दुबई , यूएई-५ मे २०१२, दुबई  । नेपाल पत्रकार महासंघ यूएई  शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हिजो शुक्रबार ४ मे २०१२ मा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवश मनायो । सो कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुका साथै विभिन्न समयमा मारिएका पत्रकारहरु प्रति एक मिनट मौन धारण गरिएको थियो ।

यूएईकोदुबई ई शहरस्थित याक एण्ड यती रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा यूएई मा कार्यरत पत्रकार तथा यससँग सम्बन्धित  ब्यक्तिहरु र महासंघका पदाधिकारीहरु साथै प्रशिक्षक गरी करिव १८ जना व्यक्तिहरुको उपस्थिती रहेका थिए । कार्यक्रममा विश्व प्रेस स्वतन्त्रता दिवसको बारेमा शाखाका अध्यक्ष शंकर ज्ञवालीले प्रकास पारेका थिए ।

पत्रकारिता सम्वन्धि प्रशिक्षण दिदै संस्थाका अध्यक्ष शंकर ज्ञवालीले पत्रकारिताका बारेमा जानकारी गराउदै पत्रकारीताका नियम आचार सँहिता बारेमा पशिक्षण दिएका थिए ।त्यसैगरी पत्रकारिता सम्वन्धि तालिम दिदै संस्थाका संस्थापक सदस्य एल.एन. सुवेदीले पत्रकारिताका बारेमा बिस्तृत जानकारी दिदै यसको सुरुवात पत्रकारिता किन कसरी र यसको बिकाश बारे ब्याख्यागर्दै पत्रकार तथा सञ्चारमाध्यमले यस सम्वन्धि अपनाउनुपर्ने कुराहरु र यसको परिचय, परिभाषा, प्रकार, सञ्चार, सञ्चार प्रक्रिया आदीका बारेमा जानकारी गराएकाथिए ।त्यसैगरी अर्का शाखाका सल्लाहकार खेमनाथ पौडेलले पत्रकारितागर्दा हुने कठिनाई, प्रवासमा पत्रकारिता गर्दाका अप्ठयाराहरु र समाचार चोरीका उदाहरण बारे जानकारी  गराएका थिए ।
संस्थाका सचिव अर्जुन दाहाले अनलाइन पत्रकारितका बारेमा प्रकास पार्दै यसको बिकाश तथा प्रकृया बारे जानकारी गराएका थिए ।

अन्त्यमा प्रशिक्षक एल.एन सुबेदीले समाचार लेखन सम्बन्धि कार्यशाला सञ्चालन गरेका थिए । सहभागि प्रशिक्षार्थिबाट लेखिएका समाचारमध्ये उत्कृष्ठलाई शाखाको वेवसाइट तथा शाखाको बुलेटिनमा प्रकाशनगर्ने बताएका थिए । प्रशिक्षार्थीहरुलाई शाखाका अध्यक्ष शंकर ज्ञवाली र प्रशिक्षक एल.एन. सुबेदीले प्रमाण पत्र दिएका थिए ।

स्मरणरहोस महासंघले समय समयमा पत्रकारिता तालिम तथा छलफल अन्तक्रिया कार्यक्रमहरु गर्दै आईरहेको छ ।

Posted by Anonymous on 6:39 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यूएई मा पत्रकारिता तालिम सम्पन्न गर्दै प्रेस स्वतन्त्रता दिवस मनाईयो"

Leave a reply