न्युरोडमा भूतले मान्छे पिटेको हल्लाले सोमवार दिनभर तनाब
काठमाडौं, वैशाख ४ - न्युरोडको पिपलबोट अघिल्तिर धेरै वर्षदेखि खाली रहेको एक घरमा भूतले मान्छे पिटेको हल्लाले सोमवार दिनभर तनाब भयो ।
सुटिङका लागि गएको एभिन्युज टेलिभिजनका क्यामरापर्शन बासु सत्यालले भूतघर भनी चिनिएको घरको झ्यालबाट बाहिर हेरेपछि स्थानीयले भूतले मान्छे पिट्यो भन्दै हो हल्ला गर्न थालेका थिए । भूतघरमा मान्छे पिटिएको होहल्लापछि भूत हेर्न मान्छेहरु ओईरिएका थिए । क्षणभरमै 'भूत हेर्न' न्युरोडमा ठूलो भींड ओइरियो ।
भूतले मान्छे पिटेको हल्ला चलेपछि ओइरिएको भींडले न्युरोडमा दिनभर नै यातायात अवरुद्ध भयो भने व्यापारीले पसलहरु भटाभट बन्द गर्न थाले । विहान ११ बजेदेखि बेलुकी पाँचबजेसम्म उक्त क्षेत्र तनाबग्रस्त बन्यो । दिनभर नै वरपरका पसल बन्द रहे । भींड हटाउन ट्राफिकलाई हम्मे हम्मे पर्यो ।
स्रोत :कांतिपुर दैनिक

