दुई सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ, वैशाख ६ - मकवानपुरको बसामाडी र नुवाकोटको मदानपुर लाउकेबाराहीमा आज बिहान भएको दुई सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। ना ४ ख १२९१ नम्बरको बस मकवानपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। घटनामा थप २७ जना घाइते भएका छन्। घाइतेहरुको उपचार हेटौडा अस्पतालमा भइरहेको छ।त्यसैगरी नुवाकोटको मदानपुर लाउकेबाराहीमा आजै बिहान भएको बा १ ज ९७२३ नम्बरको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ|
स्रोत :नागरिक न्यूज
