|

दुबईमा नेपाली एकता समाज यूएईको दोस्रो राष्ट्रिय भेला हुने

लालबहादुर ढेंगा, यूएई,दुबई,वैशाख ५ - आगामी २० अप्रिल २०१२ शुक्रबारका दिन दुबईमा नयां वर्ष२०६९ को शुभकामना आदानप्रदानसंगै नेपाली एकता समाज यूएईको दोस्रो राष्ट्रिय भेला सम्पन्न हुने भएको छ । २०६८ लाई बिदाई गर्दै नयां बर्षो उपलक्ष्यमा गरिन लागेको दोस्रो राष्ट्रिय भेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ ।

सन् १९९८ मा स्थापना भएको नेपाली एकता समाजले यूएई स्थित रहेका विभिन्न सामाजिक संघ संस्थाहरु र नेपाली राजनीतिक भात्रुसंठगनहरुसंग सहकार्य गर्दै आएको छ भने यूएईस्थित आपतविपतमा परेका प्रवासी नेपालीहरुको उद्धार पनि गर्दै आएको छ । यूएईमा दोस्रो राष्ट्रिय सम्मेलनपछि यो दोस्रो राष्ट्रिय भेला गरिन लागेको हो ।

उक्त भेला यूएईका विभिन्न संघ संस्थाहरु र राजनीतिक भात्रुसंगठनहरुको आतित्थ्यता र र्सवसाधारणहरुको बृहत् भेलामा हुने अध्यक्ष मानबहादुर थापाले जानकारी दिएको छ । यसै समाचारलाई आधार मानेर उपस्थित हुनका लागि सम्पर्ूण्ा दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह समेत गरेको छ ।      



Posted by Anonymous on 2:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुबईमा नेपाली एकता समाज यूएईको दोस्रो राष्ट्रिय भेला हुने"

Leave a reply